त्रिभुवन विमानस्थलमा एनआरएन डेस्क स्थापना | Khabarhub Khabarhub

त्रिभुवन विमानस्थलमा एनआरएन डेस्क स्थापना


१४ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एनआरएन डेस्क स्थापना भएको छ । गैर आवासीय नेपालीहरुको नेपाल यात्रा सहज बनाउने हेतुले डेस्क स्थापना गरिएको हो ।

डेस्क स्थापना भएसँगै आफूहरुको लामो समयदेखि माग सम्बोधन भएको एनआरएनए आइसीसीका उपाध्यक्ष कुल आचार्यले विज्ञप्ति जारी गर्दै खुशी प्रकट गरेका छन् ।

गत जनवरीमा अध्यागमन विभागका प्रमुख श्री इश्वरराज पौडेल लगायतका अधिकृतहरुसंग डेस्क स्थापनाका लागि गरिएको पहलले सार्थकता पाएको उनले बताएका छन् ।

उनले डेस्क स्थापनाका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सघाउने सवैलाई धन्यवाद दिएका छन् । डेस्क स्थापनासँगै विभिन्न देशमा रहेका गैर आवासीय नेपालीहरुको नेपाल यात्रा सुखद र झन्झटमुक्त हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७५, बिहीबार  ८ : २५ बजे

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित