दुर्घटनाको जानकारी दिन ‘सडक दुर्घटना सूचना व्यवस्थापन प्रणाली’ « Khabarhub

दुर्घटनाको जानकारी दिन ‘सडक दुर्घटना सूचना व्यवस्थापन प्रणाली’


१४ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ- भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल प्रहरीको राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालयको सहकार्यमा विहीबारदेखि ‘सडक दुर्घटना सूचना व्यवस्थापन प्रणाली’को शुभारम्भ गरिएको छ ।

प्रथम चरणमा काठमाडौँ उपत्यकाका ३४ ट्राफिक प्रहरी कार्यालय र उपत्यका बाहिर वीरगञ्जसम्मको करिडोरमा पर्ने ३० ट्राफिक प्रहरी कार्यालयलाई प्रहरी प्रधान कार्यालयको डाटा सेन्टरमा रहेको सर्भरमा जोडिने गरी उक्त प्रणालीको शुभारम्भ गरिएको हो ।
उक्त प्रणालीमार्फत सडक दुर्घटना भएलगत्तै त्यस सम्बन्धी तथ्याङ्क विद्युतीय प्रणालीमार्फत डाटा सेन्टरमा पठाउन सकिने प्रहरीले जनाएको छ ।

सडक दुर्घटना सूचना व्यवस्थापन प्रणालीको विहीबार काठमाडौँमा शुभारम्भ गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले दुर्घटना न्यूनीकरण गर्न यातायात व्यवस्था विभाग र नेपाल प्रहरीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे ।

वर्तमान सरकारले सडक सुरक्षामा विशेष ध्यान दिन सडक सुरक्षा काउन्सिल बनाउने पहल गरिरहेको समेत उनले जानकारी दिए ।
समारोहमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारीले सो प्रणाली अत्यन्त उपयोगी भएको र बीमा दाबी, तथ्याङ्क सङ्कलन तथा अनुसन्धान जस्ता बहुप्रयोजन कार्यका लागि प्रणाली फलदायी हुने बताए ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आगामी दिनमा दुर्घटना र यसबाट धनजनको क्षति नहोस् भन्ने उद्देश्यका साथ योजना निर्माण गर्न सो प्रणाली सहयोगी हुने बताए । यसअघि झापाबाट दुर्घटना न्यूनीकरण गर्ने अभियान थालनी भएको थियो । प्रहरी महानिरीक्षक खनालले काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई राम्रो बनाउन तथा जाम हटाउन सरोकारवाला पक्षसँग समन्वय गरी अगाडि बढ्ने प्रतिबद्धता जनाए ।

प्रकाशित मिति : १४ चैत्र २०७५, बिहीबार  ८ : ४२ बजे

जेन–जी मुभमेन्टद्वारा प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौं – जेन-जी मुभमेन्ट नेपालले भाद्र २३ र २४ गते

ललितपुर महानगरको अपाङ्गतामैत्री प्रशासनिक भवन सञ्चालन

पाटन– ललितपुर महानगरपालिकाको अपाङ्गतामैत्री अत्याधुनिक प्रशासनिक भवन सञ्चालनमा आएको छ

दृढतापूर्वक जनताको पक्षमा उभिनु आवश्यक : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा (एमाले) का केन्द्रीय सदस्य

उत्तर कोरियाद्वारा जापानी समुद्रमा दश वटा ब्यालेस्टिक मिसाइल प्रहार

सियोल- उत्तर कोरियाको सुनान क्षेत्रबाट पूर्वी सागर तर्फ दिउँसो १ः२०