ट्राफिक प्रहरीको धन्दा: लाइसेन्स बनाउनेबाट घुस उठाउन दलाल परिचालन | Khabarhub Khabarhub

ट्राफिक प्रहरीको धन्दा: लाइसेन्स बनाउनेबाट घुस उठाउन दलाल परिचालन


१५ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विर्तामोड– सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाउने सेवाग्राहीबाट घुस रकम उठाउन ट्राफिक प्रहरीले नै दलाल परिचाल गर्ने गरेको खुलासा भएको छ ।

झापाको बिर्तामोडस्थित यातायात व्यवस्था कार्यालयमा लाइसेन्स बनाउन आउने सेवाग्राहीबाट घुस उठाउन ट्राफिक प्रहरीले नै बिचौलिया (दलाल) खटाउने गरेको फेला परेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानबिनबाट ट्राफिक प्रहरीले घुस रकम उठाउनका लागि दलाल खटाउने गरेको खुलेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १७ हजार रुपैयाँ घुससहित यातायात व्यवस्था कार्यालय बिर्तामोडबाट बिचौलिया सराफ शेखलाई पक्राउ गरेपछि यस्तो रहस्य खुलेको हो । अख्तियारले गरेको छानबिनबाट पक्राउ परेका बिचौलिया शेख सेवाग्राहीबाट घुस उठाउनका ट्राफिक प्रहरीबाट खटाइएका भेटिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी सहायक निरीक्षक (असई) याम कुमार खड्काले शेखलाई घुस उठाउनका लागि परिचालन गरेका थिए ।

शेखले ३ पाङ्ग्रे अटोरिक्साको लाइसेन्स बनाउने एक सेवाग्राहीसँग १७ हजार रुपैयाँ घुस मागेका थिए । सेवाग्राहीको सूचनाका आधारमा अख्तियारले शेखलाई पक्राउ गरेको थियो ।

अख्तियारसँगको बयानका क्रममा शेखले आफूलाई असई खड्काले परिचालन गरेको स्वीकार गरेका छन् । शेखको बयानपछि अख्तियार असई खड्कामाथि पनि छानबिन गरेको थियो ।

छानबिनका क्रममा असई खड्काले घुस उठाउन शेखलाई परिचालन गरेको प्रमाण भेटिएपछि अख्तियारले दुवैजनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७६, आइतबार  ३ : २९ बजे

पूर्वी पृतनामा पृतनापति ट्रफी सुरु

इटहरी– नेपाली सेनाको पूर्वी पृतनाको आयोजनामा आजदेखि यहाँ ‘पृतनापति ट्रफी

अफगानिस्तानको तालिवान शासनलाई रूसको औपचारिक मान्यता

काठमाडौं– रूसले अफगानिस्तानको तालिवान शासनलाई औपचारिक रूपले मान्यता दिएको छ

बाग्मती प्रदेशसभामा आजदेखि बजेटमा छलफल हुँदै

वाग्मती– सत्तापक्ष र प्रतिपक्षबीच सहमति जुटेसँगै बाग्मती प्रदेशसभाको आज बिहान

एडीबीबाट ऋण नलिने हर्क साम्पाङको घोषणा 

सुनसरी– तीन दशकदेखि खानेपानीको अभाव झेलिरहेको धरान उपमहानगरपालिकाले विदेशी ऋण

चप्पल कारखाना सडक विस्तार सुस्त (तस्बिरहरू) 

काठमाडौं – चक्रपथ विस्तारको दोश्रो खण्ड अन्तर्गत महराजगञ्ज चप्पल कारखाना