एएफसी यू-१९ महिला च्याम्पियनसिपमा नेपाल पराजित | Khabarhub Khabarhub

एएफसी यू-१९ महिला च्याम्पियनसिपमा नेपाल पराजित


१५ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोट अन्तर्गत दोस्रो चरणको छनोट खेलमा नेपाली टोलीले लगातार दोस्रो हार व्यहोरेको छ ।

म्यानमारमा जारी प्रतियोगितामा लगातार दोस्रो हार व्यहोरेको नेपाली टोली आइतबार उज्वेकिस्तानसंग ४–० गोल अन्तरले पराजित भएको हो ।

म्यानमारको मण्डलेस्थित मण्डलर थिरी स्टेडियममा भएको खेलमा नेपाल ४–० गोल अन्तरले पराजित भएको हो । नेपालविरुद्ध उज्वेकिस्तानकी कुर्बोनोभा शानोजाले २१ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाइन् ।

यस्तै, खेलको ६७ औं मिनेटमा शानोजाले व्यक्तिगत दोस्रो गोल गर्दै उज्वेकिस्तानको अग्रता २–० को अवस्थामा पुर्याइन् भने ७४ औं मिनेटमा राशिदोभा तोजिनिसोखोनले र ७८ औं मिनेटमा खोजिभाले गोल गर्दै उज्वेकिस्तानलाई ४–० को जित दिलाए ।

शुरुवाती २ खेल खेलेको नेपाली टोली लगातार २ हार व्येहोरेसँगै अर्को चरणको सम्भावना कमजोर भइसकेको छ ।

यसअघि पहिलो खेलमा अस्ट्रेलियासँग ११–१ गोल अन्तरले पराजित भएको नेपालले अन्तिम खेल मंगलबार म्यानमारसँग खेल्नेछ ।

प्रकाशित मिति : १५ बैशाख २०७६, आइतबार  ५ : ५४ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’