सन्दीपको टोली दिल्ली प्लेअफमा, बैंग्लोर पराजित « Khabarhub

सन्दीपको टोली दिल्ली प्लेअफमा, बैंग्लोर पराजित


१५ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध जीत निकाल्दै दिल्ली क्यापिटल्स् प्लेअफ पुगेको छ । सन २०१२ पछि दिल्ली  पहिलो पटक प्लेअफमा पुगेको हो ।

फिरोज शाह कोट्ला रंगशाला घरेलु टोली दिल्लीले दिएको १ सय८८ रनको लक्ष्य पछ्याएको बैंग्लोरले २० ओभर पूरा खेल्दै ७ विकेट गुमाएर १ सय ७१ रन मात्रै बनाउन सक्यो । बैंग्लोर १६ रनले पराजित भएको हो ।

१२ खेल मध्ये ८ खेल जीतेको दिल्ली १६ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ ।

बैंग्लोरका लागि अविजित रहेका मार्कस स्टोनिसले ३२ रन बनाउँदा ओपनिङ ब्याट्सम्यान पार्थिव पटेलले ३९ रन बनाए भने गुर्केराट सिंहले २७ रन बनाए ।

यस्तै, कप्तान विराट कोहलीले २३ रन, शिवम दुवेले २४ तथा ए भि डिभिलियर्सले १७ रन बनाएका थिए । बैंग्लोरविरुद्ध दिल्लीका स्पिनर अमित मिश्राले २ विकेट लिए । उनले ४ ओभर बलिङ गर्दै २९ रन खर्चेर २ विकेट लिए ।

कागिसो रबाडा, इशान्त शर्मा र शेरफाने रुथफोर्डले समान एक–एक विकेट लिए । दिल्लीबाट खेलेका सन्दीप् लामिछाने भने बैंग्लोरविरुद्ध महँगा सावित भए । उनले ३ ओभर बलिङ गरेर ३६ रन दिए । पहिलो ओभरमा १५ रन खर्चेका सन्दीपले दोस्रो ओभरमा ११ रन खर्चे भने तेस्रो ओभरमा १० रन दिएका थिए ।

यसअघि, टस जितेर पहिलो ब्याटिङ गरेको दिल्लीले निर्धारीत २० ओभर पुरा खेल्दै ५ विकेट गुमाएर १सय८७ रन बनाएको थियो । दिल्लीका लागि शेरफाने रुथफोर्डले उत्कृष्ट ब्इाटिङ गरे ।

अविजित रहेका उनले १३ बलमा २८ रन बनाउँदै बैंग्लोरविरुद्ध लक्ष्य लम्ब्याएका थिए । यस्तै, दिल्लीका कप्तान श्रयस अयर र शिखर धवनले अर्धशतक प्रहार गरेका थिए । जसमा कप्तान अयरले ५२ रन र धवनले ५० रन बनाएका थिए ।

प्रकाशित मिति : १५ बैशाख २०७६, आइतबार  ७ : ५१ बजे

सुदूरपश्चिम सरकारको नीति कार्यक्रम आज प्रस्तुत हुने

काठमाडौँ – सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत

बीबीसीद्वारा कर छलेको स्वीकार, भारतलाई बुझायो ६४ करोड 

नयाँ दिल्ली– ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी) ले भारतलाई ६४ करोड रुपैयाँ

‘राष्ट्रपतिविरुद्ध महाअभियोगको प्रस्ताव आउनसक्छ’

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले पुरानै नागरिकता विधेयक प्रमाणीकरण गरेको

तीन वर्षअघिको बाढीले अझै झस्काइरहन्छ

ढोरपाटन – बागलुङको ढोरपाटन नगरपालिका ८ र ९ मा २०७७

नागरिकता विधेयक प्रमाणीकरण संविधान प्रतिकूल : सर्वोच्च बार

काठमाडौँ– सर्वोच्च अदालत बार एशोसिएसनले राष्ट्रपति रामचन्द्र पौडेलले हालै प्रमाणीकरण