‘एभेन्जर्स : इण्डगेम’को स्पोइलर्स सुनाउँदा फ्यानहरुले रगताम्य हुनेगरी कुटे « Khabarhub

‘एभेन्जर्स : इण्डगेम’को स्पोइलर्स सुनाउँदा फ्यानहरुले रगताम्य हुनेगरी कुटे


१५ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हङकङ– मार्भल इन्टरटेनमेण्टको ‘एभेन्जर्स : इण्डगेम’ फिल्मले अहिले विश्वको माहोल तताइरहेको छ । बहुप्रतिक्षित एभेन्जर्स फिल्मको चर्चा उत्कर्षमा पनि छ । फिल्म हेर्नका लागि टिकट पाउन समेत हम्मेहम्मे छ ।

एभेन्जर्सका फ्यानहरुमध्ये केहीले त ब्लाकमै पनि किनेर फिल्म हेरेका छन् । तत्काल टिकट नपाए पनि केही समयपछि नै पनि फिल्म हेर्न धेरैजना कुरेर बसिरहेका छन् । यसैक्रममा हल गएर फिल्म नहेरिसकेका फ्यानलाई फिल्म हेरिसकेकाले फिल्मको कहानी सुनाएर फिल्म हेर्ने मजा नै उडाइदिने प्रचलन पनि बढिरहेको छ ।

फिल्मको कहानी फिल्म हेर्नुअघि नै थाहा पाएपछि फिल्म हेर्नुको मजा नै हराउँछ, यसबाट पनि फिल्म नहेरिसकेका धेरै फ्यानहरु जोगिरहेका छन् ।

हङ्कङमा फिल्म हेरिसकेका एक युवाले फिल्म नहेरेका एभेन्जर्सका फ्यानलाई फिल्मको कहानी (स्पोइलर्स) सुनाएपछि नराम्रो कुटाइ भेटेका छन् ।

हङ्कङको क्याजवे बे क्षेत्रमा रहेको सिनेमाघरमा फिल्म हेरिसकेर बाहिरिएका एक युवाले चर्को स्वरमा फिल्मको अन्त्य कसरी हुन्छ भन्ने खुलासा गरेपछि हलभित्र छिर्नकालागि लाम लागेर बसेका मानिसहरुले उनलाई रगताम्य हुनेगरी कुटेका हुन् ।

अहिले उनको फोटो अनलाइनमा भाइरल भइरहेको छ । भाइरल भएको फोटोमा कुटाइ खाएको भनिएका युवा निरीह भएर बसिरहेको देखिन्छ भने अर्का एकजनाले शरिरमा चोटपटक लागेको स्थानमा औषधी गरिरहेजस्तो देखिन्छ ।

एशियाली सामाजिक सञ्जालमा भाइरल समाचार र फोटोलाई लिएर बहस पनि शुरु भएको छ । अधिकांश सामाजिक सञ्जाल प्रयोगकर्ताले फ्यानहरुले फिल्मको स्पोइल गर्नेलाई कुटेर ‘गतिलो पाठ पढाएको’ प्रतिक्रिया दिएका छन् भने अन्य केहीले फिल्म स्पोइल नै गरेको भएपनि उनलाई कुटिहाल्न चाहीँ नहुने तर्क गरेका छन् ।

यसअघि ‘एभेन्जर्स : इण्डगेम’का निर्देशकहरु रुसो दाजुभाइले भने एभेन्जर्सका फ्यानहरुलाई फिल्मको कहानी नसुनाउन आह्वान गरेका छन् । हलमा गएर फिल्म हेर्नुअघि नै फिल्मको कहानी थाहा पाए फिल्म हेर्नुको मजा नै नआउने भन्दै आफ्ना फ्यानलाई फिल्म स्पोइल नगर्न आह्वान गरेका हुन् ।

प्रकाशित मिति : १५ बैशाख २०७६, आइतबार  ८ : २८ बजे

पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु

काबुल – पूर्वी अफगानिस्तानमा भारी वर्षापछि आएको आकस्मिक बाढीमा परी

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौं – भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

सिक्किममा हिमालयन इन्टरनेशनल अवार्ड–२०२६ सम्पन्न, दर्जनौं स्रष्टा र कलाकार सम्मानित

सिक्किम – नेपाली भाषा, साहित्य, कला, संगीत तथा संस्कृतिको संरक्षण,

विराटनगरमा आत्मदाह प्रयास गरेका युवकलाई प्रहरीले गर्‍यो सकुशल उद्धार

विराटनगर – विराटनगरमा आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका

धनुषा प्रहरीद्वारा एकै दिन ४४ फरार प्रतिवादी पक्राउ

जनकपुरधाम – जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतबाट कैद तथा जरिवाना