सञ्चारमन्त्री बाँस्कोटाद्वारा दुई बालबालिकाको अभिभावकत्व ग्रहण « Khabarhub

सञ्चारमन्त्री बाँस्कोटाद्वारा दुई बालबालिकाको अभिभावकत्व ग्रहण


१५ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक- सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले भर्ना अभियान–२०७६ अन्तर्गत काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका दुई बालबालिकाको आइतबार अभिभावकत्व ग्रहण गरी सामुदायिक विद्यालयमा भर्ना गराएका छन् ।

मन्त्री बाँस्कोटाले पाँचखाल नगरपालिका–१ का आमाबाबु नभएका प्रीतम तामाङ र पाँचखाल –५ का बाबु नभएका निस्मा सुनारको अभिभाकत्व ग्रहण गरी कक्षा १ मा भर्ना गराएका हुन् ।

कार्यव्यस्तताका कारण टुहुरा बालबालिका भर्ना गर्न मन्त्री स्वयं उपस्थित नभएपनि अभिभावकत्वका लागि सम्बन्धित वडाका अध्यक्षले सहयोग गरेका थिए ।

वडा १ का का वडाध्यक्ष अष्ट तामाङले भने, “मन्त्रीज्यू अनुपस्थित रहनुहुँदा पनि आज हामीले बालबालिकाका लागि उहाँको अभिभावकत्वलाई सहयोग गरेका हौँ ।”

तामाङलाई पाँचखाल –१ स्थित ज्ञानेश्वरी माध्यमिक विद्यालय र सुनारलाई पाँचखाल –५ स्थित जनउद्धार प्राथमिक विद्यालयमा कक्षा १२ सम्मका लागि मन्त्री बाँस्कोटाले अभिभावकत्व ग्रहण गरी भर्ना गरिएको हो ।

मन्त्री बाँस्कोटाले गत साल पाँचखाल–१२ बालुवाका सुजन दनुवारको कक्षा १२ सम्मका लागि अभिभावकत्व ग्रहण गरेका थिए ।

प्रकाशित मिति : १५ बैशाख २०७६, आइतबार  १० : ०३ बजे

जोशीको एकल चित्रकला प्रदर्शनी

काठमाडौं- ग्रामीण जनजीवनका दृश्य समेटेर चित्रकार सम्राट जोशीले एकल चित्रकला

बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता

काठमाडौं– आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी

टी–२० विवादले भारतको ओलम्पिक सपना प्रभावित

नयाँ दिल्ली- आगामी महिनामा आयोजना हुने टी–२० क्रिकेट विश्वकपले विश्वव्यापी

टिप्पणी : ‘अल्गोरिदम’को शिकार त भइरहेका छैनन् मतदाता ?

काठमाडौं– गत भदौ २३ र २४ गते जेनजी पुस्ताका युवाहरूले

शाहरुख खानलाई ‘ग्लोबल स्टाइल आइकन’ अवार्डबाट सम्मानित गरिने

काठमाडौं- बलिउडका सुपरस्टार शाहरुख खानले छिट्टै दुबई मल ग्लोबल फेसन