लाइसेन्स बनाइदिने भन्दै ४० हजार घुस लिने २ जना पक्राउ « Khabarhub

लाइसेन्स बनाइदिने भन्दै ४० हजार घुस लिने २ जना पक्राउ


१४ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


पोखरा– यातायात व्यवस्था कार्यालयबाट लिइने सवारी चालक अनुमति पत्रको लिखित र प्रयोगात्मक परीक्षा (ट्रायल) पास गराइदिने भन्दै घुस लिने सरकारी कर्मचारी र एक व्यवसायी पक्राउ परेका छन् ।

हेभि इक्विपमेन्ट कार्यालय पोखराका द्वितीय अपरेटर कुमार लामिछाने र मेट्रो ड्राइभिङ इन्स्टिच्यूट पोखराका सञ्चालक खगेन्द्र प्रसाद काफ्ले ४० हजार घुससहित पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरास्थित कार्यालयबाट खटिएको टोलीले दुवै जनालाई पक्राउ परेको हो ।

दुवै जनालाई घुस लिइसकेको अवस्थामा पोखरा महानगरपालिका–१७ ड्यामसाइडस्थित बार्दली रेस्टुरेन्ट एण्ड बारबाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

नियन्त्रणमा लिइएका दुवै जनामाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति : १४ जेठ २०७६, मंगलबार  ११ : ४५ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन