मलिङ्गाको बलिङ टिप्स– विकेट लिनुपरे स्लो बल फ्याक्ने « Khabarhub

मलिङ्गाको बलिङ टिप्स– विकेट लिनुपरे स्लो बल फ्याक्ने


१४ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – श्रीलंकका भेट्रान तिव्र गतिका बलर लासिथ मलिङ्गाले अस्ट्रेलियाका अल राउण्डर मार्कुस स्टोनिससँग आफ्ना अनुभव बाँडेका छन् । दुई खेलाडीबीच मंगलबार बिहान सम्वाद भएको हो ।

सम्वादमा कसरी स्लो बल फ्याक्ने भन्नेबारेमा कुराकानी भएको मलिङ्गालाई उदृत गर्दै अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले जनाइको छ ।

मलिङ्गाले आफ्नो विकेट लिने राम्रो अप्सनका श्रपमा स्लो बल प्रयोग गर्छन् ।

यसमा केही चिज त छ, जसरी उनले इन्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नई सुपर किङ्सविरुद्ध मुम्बई इन्डियन्सलाई जित दिलाउन अन्त्मि ओभर सुखद् बनाउँदा स्लो बल नै फ्याकेका थिए ।

स्टोनिसले भने, ‘छोटो फर्म्याटका खेलमा बलिङमा विविधता हुनु एकदमै आवश्यक छ । जस्तो आईपीएलका क्रममा उनले (मलिङ्गा) ले कसरी बलिङ गर्नु पर्छ भन्ने बुझेका थिए ।’

‘म उनलाई कसरी बल फ्याँक्ने भनेर टिप्स दिइरहेको थिए । त्यहाँ कसरी खेल अगाडि बढ्छ । जो कोही जान्न चाहन्छ त्यसलाई म सहयोग गर्न चाहन्छु । मैले उनीसँग कसरी स्लो बल फ्याक्ने र कस्तो अवस्था र किन स्लो बल प्रयोग गर्नु आवश्यक छ भन्ने विषयमा कुरा भयो,’ मलिङ्गाले भने ।

३५ वर्षे मलिङ्गा पछिल्लो समय आफ्नो बलिङ स्पिडमा केही अभाव देखिएको अनुभव गर्छन् । यद्यपि आवश्यक परेको अवस्थामा आफ्नो बलिङ विविधतालाई प्रयोग गर्ने उनको राम्रो पक्ष हो, जसलाई उनी अझै पनि प्रयोग गरिरहन्छन् ।

यो विश्वकपमा पनि उनले श्रीलंकाली टोलीका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।

अहिले भारतका जस्प्रीत बुम्राह र दक्षिण अप्रिलकाका कागिसो रबाडा तीव्र गतिको बलिङमा चम्किएका खेलाडी हुन् भने मलिङ्गा पनि शीर्ष स्थानमै पर्दछन् । ‘क्रिकेट ब्याट्सम्यानहरुको खेल हो,’ मलिङ्गाले सहमती जनाउँदै भने, ‘बलरहरुले खेले परिवर्तन गर्न सक्छन् ।’

विश्वकप त्रिकेटको अन्तिम वार्म अप खेलमा भने श्रीलंका अस्ट्रेलियासँग ५ विकेटले पराजित भएको छ । विश्वकप क्रिकेटमा श्रीलंकाले जुन १ मा न्यूजिल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ ।

प्रकाशित मिति : १४ जेठ २०७६, मंगलबार  १२ : ३४ बजे

नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम

बाँके– भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले ‘जेनजी’ प्रदर्शनका क्रममा जलेर

मेसी र कासेमिरोको गोलमा इन्टर मियामी च्याम्पियन, क्रुज अजुल २-० ले पराजित

काठमाडौँ – इन्टर मियामीले मेक्सिकन क्लब क्रुज अजुललाई २-० ले

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँ : मुख्यमन्त्री शाही

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बेरुजु घटाउन र

भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन– अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा आएको