यसकारण हुनसक्छ अमेरिकी ‘भिजिट भिसा’ रिजेक्ट « Khabarhub

यसकारण हुनसक्छ अमेरिकी ‘भिजिट भिसा’ रिजेक्ट


१४ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

प्रतीकात्मक तस्वीर ।

काठमाडौं– अमेरिका जान चाहने नेपालीको सङ्ख्या धेरै छ । घुम्नकै लागि भए पनि अमेरिका पुग्न पाए हुन्थ्यो भन्ने चाहना धेरै नेपालीको छ तर कतिय अवस्थामा यो सम्भव हुँदैन । अमेरिका जानका लागि धेरैले पर्यटकीय भिसा (भिजिट भिसा) मार्फत आवेदन दिए पनि भिसा पाउँदैनन् । अमेरिका जान चाहने नेपालीको संख्या कम भने छैन ।

अमेरिकी भिसा अधिकारीहरुले आवेदकको अमेरिका जानुपर्ने कारण, उद्देश्य, अमेरिका बसाईमा हुने खर्च, फर्केर आउने विश्वसनीयता, व्यवसायिक प्रयोजन र आर्थिक अवस्थामा विश्वस्त हुन नसके भिजिट भिसा अस्विकृत गरिदिन्छन् । भिसाका लागि अमेरिकी अध्यागमन कानूनले विभिन्न योग्यताहरु राखेको छ ।

ती योग्यता आवेदकले पुरा नगरेमा भिसा अस्वीकृत हुन्छ । अमेरिकी कन्सुलर अधिकारीहरुले भिजिट भिसाका लागि धेरै आवेदन पर्ने हुँदा निकै छोटो समयमा निर्णय लिन्छन् । भिजिट भिसाका आवेदकले निकै छोटो समयमा आफ्नो मनसाय स्पष्ट पार्न नसक्दा भिसा अस्वीकृत हुने सम्भावना हुन्छ ।

तर, एकपटक भिसा अस्वीकृत हुँदैमा अर्को पटक नपाइने भन्ने होइन । तपाईंको अमेरिका जानुपर्ने स्पष्ट कारण र असल मनसाय भएमा पुन: आवेदन भर्ने र अन्तर्वार्ताका लागि अर्को समयको तय गर्नुपर्दछ । तर सम्पूर्ण प्रक्रियाका लागि पहिले झै नयाँ प्रक्रिया र शुल्क तिर्नुपर्दछ ।

भिसा अस्वीकृत भएपछि अमेरिकी दूतावासको वेबसाइटमा गएर पुनरावलोकन पनि गर्न सकिन्छ । भिसाका लागि कन्सुलर अधिकारीहरुले स्वतन्त्र निर्णय गर्छन् । उनीहरु कुनै बाह्य दबाब वा प्रभावले काम गर्दैनन् ।

प्रकाशित मिति : १४ जेठ २०७६, मंगलबार  १ : ०८ बजे

राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति दिइँदैन : मन्त्री गुरुङ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति नदिइने

प्रहरी निरीक्षक सिंहसहित २३ प्रहरी कर्मचारी पुरस्कृत

हुम्ला– नेपाल प्रहरीको ७१औँ स्थापना दिवसको अवसरमा प्रहरी निरीक्षक जंगबहादुर

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य रु एक हजार ७००

दसैँमा करिब १० लाख सर्वसाधारण गाउँघर फर्किँदै छन्

काठमाडौं– दसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट गाउँघर फर्किने सर्वसाधारणको भीडभाड बढिसकेको

यसरी मनाइयो नेपाल प्रहरीको ७१औँ स्थापना दिवस (तस्बिरहरू)

काठमाडौं– नेपाल प्रहरीले आज आफ्नो ७१औँ स्थापना दिवस मनाएको छ