यसकारण हुनसक्छ अमेरिकी ‘भिजिट भिसा’ रिजेक्ट « Khabarhub

यसकारण हुनसक्छ अमेरिकी ‘भिजिट भिसा’ रिजेक्ट


१४ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

प्रतीकात्मक तस्वीर ।

काठमाडौं– अमेरिका जान चाहने नेपालीको सङ्ख्या धेरै छ । घुम्नकै लागि भए पनि अमेरिका पुग्न पाए हुन्थ्यो भन्ने चाहना धेरै नेपालीको छ तर कतिय अवस्थामा यो सम्भव हुँदैन । अमेरिका जानका लागि धेरैले पर्यटकीय भिसा (भिजिट भिसा) मार्फत आवेदन दिए पनि भिसा पाउँदैनन् । अमेरिका जान चाहने नेपालीको संख्या कम भने छैन ।

अमेरिकी भिसा अधिकारीहरुले आवेदकको अमेरिका जानुपर्ने कारण, उद्देश्य, अमेरिका बसाईमा हुने खर्च, फर्केर आउने विश्वसनीयता, व्यवसायिक प्रयोजन र आर्थिक अवस्थामा विश्वस्त हुन नसके भिजिट भिसा अस्विकृत गरिदिन्छन् । भिसाका लागि अमेरिकी अध्यागमन कानूनले विभिन्न योग्यताहरु राखेको छ ।

ती योग्यता आवेदकले पुरा नगरेमा भिसा अस्वीकृत हुन्छ । अमेरिकी कन्सुलर अधिकारीहरुले भिजिट भिसाका लागि धेरै आवेदन पर्ने हुँदा निकै छोटो समयमा निर्णय लिन्छन् । भिजिट भिसाका आवेदकले निकै छोटो समयमा आफ्नो मनसाय स्पष्ट पार्न नसक्दा भिसा अस्वीकृत हुने सम्भावना हुन्छ ।

तर, एकपटक भिसा अस्वीकृत हुँदैमा अर्को पटक नपाइने भन्ने होइन । तपाईंको अमेरिका जानुपर्ने स्पष्ट कारण र असल मनसाय भएमा पुन: आवेदन भर्ने र अन्तर्वार्ताका लागि अर्को समयको तय गर्नुपर्दछ । तर सम्पूर्ण प्रक्रियाका लागि पहिले झै नयाँ प्रक्रिया र शुल्क तिर्नुपर्दछ ।

भिसा अस्वीकृत भएपछि अमेरिकी दूतावासको वेबसाइटमा गएर पुनरावलोकन पनि गर्न सकिन्छ । भिसाका लागि कन्सुलर अधिकारीहरुले स्वतन्त्र निर्णय गर्छन् । उनीहरु कुनै बाह्य दबाब वा प्रभावले काम गर्दैनन् ।

प्रकाशित मिति : १४ जेठ २०७६, मंगलबार  १ : ०८ बजे

मैले आमाको तस्बिरमा हेरेर भने- आमा, बालेनले देश बनाउँछ : रवि

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले आफ्नो स्वर्गीय

मीन विश्वकर्मा प्रतिनिधिसभा निर्वाचन नउठ्ने, भने-अब युवा पुस्ता आउनु पर्छ

काठमाडौं–  नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहका नेता मीन विश्वकर्माले आसन्न

पोखराबाट पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौं- मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता तथा धर्म सँस्कृति बचाउ

चीनको शेनझोउ–२० अन्तरिक्ष यान सुरक्षित पृथ्वीमा फर्कियो

एजेन्सी – चीनको शेनझोउ–२० अन्तरिक्ष यान सोमबार बिहान उत्तर चीनको

नेताहरुमा पदका लागि पदबाटै गियर चेन्ज गर्ने होड

काठमाडौं- चुनाव आउन ४५ दिन बाँकी रहँदा जनप्रतिनिधि, मन्त्री तथा