मलिङ्गाले स्टोनिससँग साटे अनुभव « Khabarhub

मलिङ्गाले स्टोनिससँग साटे अनुभव


१४ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–श्रीलंकका भेट्रान तीव्र गतिका बलर लासिथ मलिङ्गाले अस्ट्रेलियाका अल राउण्डर मार्कुस स्टोनिससँग अनुभव सेयर गरेका छन् । मंगलबार बिहान दुई खेलाडीबिच सम्बाद भएको हो । सम्बादमा कसरी स्लो बल फ्याक्ने भन्नेबारेमा कुरा भएको उनलाई उद्धत गर्दै आईसीसीले जनाइको छ ।

मलिङ्गाले आफ्नो विकेट लिने राम्रो अप्सनका श्रपमा स्लो बल प्रयोग गर्छन् ।

यसमा केही चिज त छ जसरी उनले इन्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नई सुपर किङ्सविरुद्ध मुम्बई इन्डियन्सलाई जित दिलाउन अन्त्मि ओभर सुखद् बनाउँदा स्लो बल नै फ्याकेका थिए ।

स्टोनिसले भने, ‘छोटो फ्र्म्याटका खेलमा बलिङमा विविधता हुन एकदमै आवश्यक छ । जस्तो आईपीएलका क्रममा उनले (मलिङ्गा) ले कसरी आफुले बलिङ गर्नु पर्छ भन्ने बुझेका थिए ।’

‘म उनलाई कसरी बल फ्याक्ने भनेर टिप्स दिइरहेको थिए । त्यहाँ कसरी खेल अगाडि बढ्छ । जो कोही जान्न चाहान्छ त्यसलाई म सहयोग गर्न चाहान्छु । मैले उनीसँग कसरी स्लो बल फ्याक्ने र कस्तो अवस्था र किन स्लो बल प्रयोग गर्नु आवश्यक छ ?’ भन्ने विषयमा कुरा भएको मालिङ्गाले बताए ।

३५ वर्षे मलिङ्गाले पछिल्लो समय आफ्नो बलिङ स्पीडमा केही अभाव देखिए पनि उनले आफ्नो बलिङ विविधतालाई भने आवश्यक परेको अवस्थामा पर्यो गर्दै आएका छन् ।

यो विश्वकपमा पनि उनले श्रीलंकाली टोलीका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास टिमले उनीमाथि देखिन्छ ।

अहिले भारतका जस्प्रीत बुम्राह र दक्षिण अप्रिलकाका कागिसो रबाडा तिव्र गतिको बलिङमा चम्कीएका खेलाडी हुन् भने मलिङ्गा पनि शीर्ष स्थानमै पर्दछन् । ‘क्रिकेट ब्याट्सम्यानहरुको खेल हो,’मलिङ्गाले सहमती जनाउँदै भने,‘बलरहरुले खेले परिवर्तन गर्न सक्छन् ।’

श्रीलंका र अस्ट्रेलियाले विश्वकप त्रिकेटको अन्तिम बार्म अप खेल आज खेलदैछन् । विश्वकप क्रिकेटमा श्रीलंकाले जुन १ मा न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ ।

प्रकाशित मिति : १४ जेठ २०७६, मंगलबार  २ : २४ बजे

भारतबाट ५० हजार टन मल ल्याउने प्रक्रिया अन्तिम चरणमा

काठमाडौं – भारतले नेपाललाई रासायनिक मल आपूर्ति गर्ने प्रक्रिया अघि

काठमाडौंको कपन क्षेत्रमा भारी वर्षा

काठमाडौं – पछिल्ला केही दिनदेखि मौसममा आएको बदलीसँगै आज काठमाडौँसहित

आईटी छात्रवृत्तिमा नुवाकोटकी सोफिया च्याम्पियन, सर्लाहीकी प्राथना फस्ट रनरअप

काठमाडौं – अष्ट्रेलियास्थित टेकस्किल्स इन्स्टिच्युट र नेपालट्युब अष्ट्रेलियाको सहकार्यमा सञ्चालित

अमेरिका पठाउने बहानामा ३८ लाख ठगी गर्ने महिला पक्राउ

काठमाडौं – अमेरिका पठाउने बहानामा रु ३८ लाख ५० हजार

सुर्खेतमा जसपा नेपालको प्रदेशस्तरीय भेला, संगठन सुदृढीकरणमा जोड

सुर्खेत – जनता समाजवादी पार्टी (जसपा) नेपालको कर्णाली प्रदेशस्तरीय अगुवा