प्रधानमन्त्री कपमा प्रदेश–३ को दोस्रो जीत, गण्डकी ७ विकेटले पराजित « Khabarhub

प्रधानमन्त्री कपमा प्रदेश–३ को दोस्रो जीत, गण्डकी ७ विकेटले पराजित


१४ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय क्रिकेट टोलीका कप्तान र उप कप्तान सम्मिलित प्रदेश-३ ले प्रधानमन्त्री कप एकदिवसिय प्रतियोगितामा दोस्रो जीत हात पारेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार भएको खेलमा गण्डकी प्रदेशले दिएको १ सय १२ रनको झिनो लक्ष्य २२ ओभर २ बलमा ३ विकेट गुमाएर पूरा गर्‍यो ।

प्रदेश-३ का लागि अदिल खानले ३८ रन बनाउँदा इशान पाण्डेले २६ रनको योगदान गरे । यस्तै रित गौतमले २० रन बनाउँदा रविन जोशीले ११ रन बनाए । कम रनको लक्ष्य पाएको उक्त खेलमा प्रदेश नम्बर ३ का स्टार खेलाडी तथा कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लले मैदान उत्रिनु परेन । प्रदेश-३ विरुद्ध गण्डकीका किशोर महतोले २ तथा विपीन खत्रीले १ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको गण्डकीले ३० ओभर १ बलमा सबै विकेट गुमाएर १ सय ८ रन बनाएको थियो । प्रदेश-३ का कप्तान खड्का र सूर्य तामाङको बलिङ चम्केपछि गण्डकी छोटो योगफलमा समेटिएको थियो ।

गण्डकीका लागि सुम घिमिरेले ३४ रन बनाउँदा आकाश थापाले २८ रन बनाए । गण्डकीविरुद्ध प्रदेश–३ का कप्तान खड्का र सूर्य तामाङले समान ४-४ विकेट लिए । यस्तै, नन्दन यादवले २ विकेट लिए । जीतसँगै प्रदेश-३ ले ३ खेलबाट ४ अंक जोडेको छ ।

प्रकाशित मिति : १४ जेठ २०७६, मंगलबार  २ : ३६ बजे

टेस्ट राष्ट्रको फ्रेन्चाइज ट्रफी पाउनु मेरो लागि खुशी हो : सन्दीप लामिछाने

काठमाडौं – बंगलादेश प्रिमियर लिग (बिपीएल)मा च्याम्पियन भएका नेपाली लेग

खडकको कप्तानीमा प्रधानमन्त्री कप क्रिकेट टोली घोषणा

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोट

निर्वाचन ३६ दिन बाँकीः आचारसंहिता अनुमगनका लागि अधिकृत तोकियो

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमनका लागि अनुमगन अधिकृत

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबार लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल माघ १४ गते बुधबार माघ