मन्दिर बनाउँदा पनि भ्रष्टाचार, २ जना सबइन्जिनियरविरुद्ध मुद्दा दर्ता « Khabarhub

मन्दिर बनाउँदा पनि भ्रष्टाचार, २ जना सबइन्जिनियरविरुद्ध मुद्दा दर्ता


१४ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– तनहुँमा एक मन्दिर निर्माणमा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ जना प्राविधिकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले तत्कालीन जिल्ला विकास समिति (हाल जिल्ला समन्वय समिति)को कार्यालय तनहुँका सबइन्जिनियर खगेन्द्र खवास र ब्यास नगरपालिकाका प्राविधिक सबइन्जिनियर निर्मल वाग्लेविरुद्ध मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

तनहुँको कालिका शहीद शान्ति पार्क निर्माणको लागि आएको रकम हिनामिना भएको भन्ने उजुरीमाथि अनुसन्धान गर्दा उनीहरु त्यसमा उनीहरुको ‘संलग्नता’ देखिएको अख्तियारको दाबी छ ।

कालिका मन्दिर निर्माण कार्यको सिलसिलामा लाग अनुमान बमोजिमको काम भए नभएको जाँचबुझ गरी प्रतिबेदन बुझाउनुपर्नेमा उनीहरुले निर्माणसँग सम्बन्धित विषयमा नभएका काम पनि उल्लेख गरेर प्रतिवेदन बुझाएको अख्तियारको दाबी छ ।

अख्तियारदे दुवैजनाविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा (१९) को उपदफा (२) बमोजिम कैद सजाय मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

प्रकाशित मिति : १४ जेठ २०७६, मंगलबार  ९ : १२ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन