सरकारको आलोचनामा उत्रिए सत्तारुढ दल नेकपाकै सांसद « Khabarhub

सरकारको आलोचनामा उत्रिए सत्तारुढ दल नेकपाकै सांसद


१४ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)कै सांसदहरुले सरकारको आलोचना गरेका छन् ।

बुढीगण्डकी जलविद्युत आयोजनाको काम अघि बढाउन नसकेको भन्दै सत्तारुढ दलकै सांसदहरुले सरकारको चर्को आलोचना गरेका हुन् ।

सत्तारुढ नेकपाका सांसदहरु राधा ज्ञवाली, भूमि प्रसाद त्रिपाठी र पाल्देन छेपाङ गुरुङले बुढिगण्डकी जलविद्युत आयोजनाको कामलाई अझै अघि बढाउन नसकेको भन्दै सरकारको आलोचना गरे ।

मंगलबार संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै सत्तारुढ नेकपाकी सांसद एवम् पूर्व उर्जामन्त्री ज्ञवालीले १२ सय मेगावाट क्षमताको बुढिगण्डकी जलविद्युत आयोजनाको काम सरकारले अहिलेसम्म पनि अघि बढाउन नसकेको भन्दै आपत्ति जनाइन् ।

मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिन सक्ने सो जलविद्युत आयोजनाको कामलाई तत्काल अघि बढाउन पनि उनले सरकारसँग माग गरिन् ।

सत्तारुढ दलकै अर्का सांसद त्रिपाठीले पनि जलविद्युत आयोजनाहरुको काम अघि बढाउन नसकेको भन्दै सरकारको चर्को आलोचना गरे ।

मुलुकको आर्थिक समृद्धिमा योगदान दिनसक्ने जलविद्युत आयोजनाको कामलाई किन प्राथमिकताका साथ अघि बढाउन नसकेको भन्दै त्रिपाठीले प्रश्न पनि गरे ।

सरकारले संसदीय समितिहरुले दिएको निर्देशन पालना नगरेकोमा पनि समितिका सदस्यहरुले असन्तुष्टि जनाए ।

समितिका सदस्य पाल्देन छेपाङ गुरुङले संसदीय समितिहरुले दिएको निर्देशन पालना नगरेको भन्दै सरकारको आलोचना गरे ।

बुढिगण्डकी जलविद्युत आयोजना प्रभावित क्षेत्रका जनतालाई जग्गाको मुआब्जा वितरण गर्ने काम तत्काल सुरु गर्न पनि सांसद गुरुङले सरकारको ध्यानाकर्षण गराए ।

प्रकाशित मिति : १४ जेठ २०७६, मंगलबार  ४ : ०९ बजे

बारामा आजै रातिबाट मतगणना तयारी, करिब ६० प्रतिशत मतदान

बारा – बारामा बिहीबार सम्पन्न निर्वाचनपछि आजै रातिबाट मतगणना सुरु

टी–२० विश्वकप : फाइनलमा पुग्न भारतले इंग्ल्यान्डलाई दियो २५४ रनको विशाल लक्ष्य

काठमाडौं – आइसीसी टी–२० विश्वकपको दोस्रो सेमिफाइनलमा भारतले आक्रामक ब्याटिङ

नेपालमा निर्वाचन सफलतापूर्वक सम्पन्न भएपछि भारतले गर्‍यो प्रशंसा

काठमाडौं – भारतले नेपालमा बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनलाई स्वागत गर्दै

सर्लाहीमा यसरी गरिँदै छ मतपेटिका संकलन (तस्बिरहरू)

सर्लाही – सर्लाहीको निर्वाचन क्षेत्र नम्बर ४ को मतपेटिका संकलन

नेपालमा शान्तिपूर्ण निर्वाचन भएको भन्दै अमेरिकाले दियो बधाई

काठमाडौं – नेपालमा प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको भन्दै