काठमाडौंमा कोठा खोजिदिने भन्दै ठगी गर्ने पक्राउ « Khabarhub

काठमाडौंमा कोठा खोजिदिने भन्दै ठगी गर्ने पक्राउ


१४ जेष्ठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कठामाडौंमा कोठा खोजिदिने भन्दै विभिन्न व्यक्तिबाट पैसा उठाएर ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् ।

सामाजिक सञ्चाल फेसबूकमा ‘रूम एण्ड फ्ल्याट अन रेन्ट इन काठमाडौं’ नामक पेज बनाएर विभिन्न व्यक्तिबाट काठमाडौंमा कोठा खोजिदिने भनेर पैसा उठाउने व्यक्ति पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा भोजपुर घर भइ हाल जुम्लाको चन्दननाथ बस्ने २६ वर्षीय रामचन्द्र भट्टराई छन् ।

फेसबूक पेजमा विभिन्न प्रकारका खाली भएका कोठाको तस्वीर राखेर उनले कोठा खोजिदिन आग्रह गर्ने व्यक्तिसँग पैसा उठाउँदै आएका थिए ।

ठगिएका व्यक्तिको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार उनले अनलाइन पेमेन्ट गेटवे (इसेवा, आइएमई पे’ लगायतबाट विभिन्न व्यक्तिसँग कोठा खोजिदिने भन्दै पैसा उठाउने गर्दथे । यसरी उनले २ सय ५० भन्दा बढीलाई ठगेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०७६, मंगलबार  ५ : १० बजे

बागलुङ कालिकामा बढ्न थाले भक्तजन (तस्बिरहरू) 

बागलुङ–  पर्वत र बागलुङको सीमाना मालढुङ्गास्थित काली पुल मर्मतपछि पुनः सञ्चालनमा

दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि अस्पतालका

मनसुनजन्य विपद्‍बाट बेनीमा करोडौँको क्षति, २४२ घर पुनर्निर्माण गर्नुपर्ने

म्याग्दी– यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको बेनी नगरपालिकामा २४२ निजी

ब्राण्ड बन्यो जुम्ली स्याउ (तस्बिरहरू) 

काठमाडौँ – कुनै समय बजारसम्म पुर्‍याउने बाटो नहुँदा बोटमै कुहिएर

जग्गा भाडामा लिएर सयपत्री खेती

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित बिजौरी साना किसान कृषि सहकारी