मोदीको सपथग्रहणमा प्रधानमन्त्री ओली सहभागी हुने « Khabarhub

मोदीको सपथग्रहणमा प्रधानमन्त्री ओली सहभागी हुने


१४ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली भारतीय समकक्षी नरेन्द मोदीको सपथग्रहण समारोहमा सहभागी हुने भएका छन् ।

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले प्रधानमन्त्री ओली भारतीय प्रधानमन्त्री मोदीको सपथग्रहण समारोहमा सहभागी हुने औपचारिक जानकारी दिएका हुन् ।

मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले प्रधानमन्त्री ओली भारतीय प्रधानमन्त्री मोदीको औंपचारिक नियन्त्रणापछि सपथग्रहण समारोहमा सहभागी हुन भारत जाने जानकारी दिए । प्रधानमन्त्री ओली आगामी जेठ १६ गते बिहीबार दिउँसो भारत प्रस्थान गर्नेछन् ।

सोही दिन साँझ हुने भारतीय प्रधानमन्त्री मोदीको सपथग्रहण समारोहमा सहभागी हुने र भोलिपल्ट (शुक्रबार)प्रधानमन्त्री मोदीसँग सामान्य भेटवार्ता गरेपछि प्रधानमन्त्री ओली स्वदेश फर्किने कार्यक्रम तय गरिएको छ ।

भारतीय प्रधानमन्त्री मोदीको सपथग्रहण समारोहमा प्रधानमन्त्री ओलीसहित विमस्टेक राष्ट्रका सरकार प्रमुख र राष्ट्र प्रमुखहरु पनि सहभागी हुनेछन् ।

यसैबीच, भारतका लागि पूर्व नेपाली राजदूत दुर्गेशमान सिंहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुनरागमन नेपालको लागि हितकर हुने दावी गरे । भारतमा मोदीको पुनरागमन नेपालको हितमा हुने उनको दावी थियो ।

पूर्व राजदुत सिंहले भारतीय प्रधानमन्त्री मोदीकै कार्यकालमा दुई मुलुकबीचको सम्बन्ध राजनीतिक स्तरमा विकास हुन पुगेको पनि स्मरण गरे ।

प्रकाशित मिति : १४ जेठ २०७६, मंगलबार  ५ : १८ बजे

फागुन महिनामा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

ताप्लेजुङ– पाथीभरा (मुक्कुमलुङ)मा फागुन महिनामा ३१ लाखभन्दा बढी भेटी सङकलन

रुद्रवेणी–वामीटक्सार सडक चैतभर बन्द हुने

गुल्मी– गुल्मीको रुद्रवेणी–वामीटक्सार सडक चैतभरका लागि बन्द गरिने भएको छ

नेताबीच जुहारी होइन, आत्मसमीक्षा गरौँ : याेगेश

काठमाडौँ – नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीका माथिल्लो तहका

इनिशा हत्या प्रकरण : निष्पक्ष छानबिनको माग, माइतीघरमा प्रदर्शन गर्दै दलित मोर्चा

काठमाडौँ – इनिशा विकको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा ‘नेपाल

फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

ताप्लेजुङ – पाथीभरामा फागुन महिनामा ३१ लाखभन्दा बढी भेटी सङकलन