तराईमा ‘लू’ को खतरा, सावधानी अपनाउन मौसम विभागको सुझाव « Khabarhub

तराईमा ‘लू’ को खतरा, सावधानी अपनाउन मौसम विभागको सुझाव


१४ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जल तथा मौसम विज्ञान विभागले अबको केही दिन पश्चिम तराईमा तापक्रम वृद्धि हुने तथा तातो हावा चल्न सक्ने  भन्दै पूर्व सावधानी अपनाउन आग्रह गरेको छ ।

गर्मीका कारण मानिसहरुमा विभिन्न किसिमका स्वास्थ्यमा समस्या देखिने,  ‘लू’ चल्ने खतरा रहेको भन्दै आम सर्वसाधारणलाई सचेत रहन विभागले सूचित गरेको हो । विभागले गर्मीको समयमा स्वास्थ्यमा विशेष ध्यान आग्रह समेत गरेको छ । यसका लागि विभिन्न निम्न उपाय अपनाउन सुझाएको छ-

गर्मीबाट बच्न यस्तो गनुस्

– अति आवश्यक काममा मात्र घरबाहिर निस्कने,

–बाहिर निस्किँदा सकेसम्म छाता बोकेर निस्कने,

–सम्भव भएसम्म सेतो, पातलो र हलुका लुगा लगाउने,

– गर्मी मौसममा घर बाहिर धेरै नडुल्ने, नखेल्ने,

– सकेसम्म मध्यान्ह तथा अत्यधिक घाममा बढी काम नगगर्ने,

– समय–समयमा आराम गर्ने,

– चिसो पानी तथा पेय पदार्थ प्रशस्त पिउने,

– घर बाहिर बस्दा रूखको छहारी जस्ता शितल ठाउँमा बस्ने,

–फलफूल, काक्रा, तरबुजा–खरबुजा, हरियो सागपात, झोलपदार्थ प्रशस्त खाने,

– झाडापखाला, आउँ जस्ता रोगबाट बच्न पानी तताएर चिसो बनाएर मात्रै पिउने,

–खाना खानुअघि र फोहोर छोएपछि सधैं साबुनपानीले हात धुने,

–आफ्नो घर वरिपरी सधैं सफा राख्ने,

–पानी जम्ने खाल्टाखुल्टी भए पुर्ने,

–चिसो हावा चल्ने तर सुरक्षित ठाउँमा सुत्ने,

– बिरामी परे तुरुन्त चिकित्सकको सल्लाह लिई उपचार गराउने ।

प्रकाशित मिति : १४ जेठ २०७६, मंगलबार  ७ : २४ बजे

पाकिस्तानी जेलबाट २२१ जना अफगान कैदी रिहा

एजेन्सी– गत हप्ता पाकिस्तानी जेलबाट रिहा भएका २२१ जना अफगान

‘सूचना प्रविधिको प्रयोगप्रति आयोग संवेनशील छ’

काठमाडौं– कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको

केन्द्रीय कार्यसमितिको निर्णय बोकेर निर्वाचन आयोगमा गगन-विश्वप्रकाश

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसका नेताहरू पार्टीको निर्णय अद्यावधिक

बक्स अफिसमा ‘द राजा साब’को सन्नाटा, फ्लप बन्यो

काठमाडौं – दक्षिण भारतीय सुपरस्टार प्रभास स्टारर ‘द राजा साब’ले

गगनले घोषणा पत्र लेख्ने, विश्वप्रकाश फागुन २१ का चुनावी कमान्डर

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आगामी फागुन २१ गतेको