म्याच फिक्सिङको आरोपमा खेलाडी प्रहरीको फन्दामा « Khabarhub

म्याच फिक्सिङको आरोपमा खेलाडी प्रहरीको फन्दामा


१४ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – विश्व चर्चित फुटबल लिग ‘ला लिगा’मा म्याच फिक्सिङ भएको आरोपका स्पेन प्रहरीले खेलाडीहरुलाई पक्राउ गरेको छ । सन् २०१८–०१९ को सिजनमा भएका विभिन्न खेलमा म्याच फिक्सिङ भएको पाइएपछि प्रहरीले बर्तमानसहित केही पूर्व खेलाडीहरुलाई पनि पक्राउ गरेको जनाएको छ।

ला लिगाले ८ वटा खेलमा म्याच फिक्सिङ भएको भन्दै पक्राउ परेकाहरुलाई कारबाहीका प्रक्रिया अघि बढाएको हो । म्याच फिक्सिङको उजुरी परेपछि स्पेन प्रहरीले अनुसन्धान थालेको थियो । जसबाट दुई डिभिजनका बर्तमान खेलाडीदेखि पूर्व खेलाडीको संलग्नता रहेको भेटिएको हो । स्पेनको एलप्रियडिको नामक सञ्चारमाध्यमले म्याच फिक्सिङमा संलग्नहरुको सूची सार्वजनिक गरेको छ । ‘मे २०१८ मा भएका खेलहरुमा फिक्सिङको आरोपसहित स्पेनका अधिकारीहरुले प्रहरीमा रिपोर्ट गरेका थिए’- ला लिगाका प्रवक्ताले भने ।

प्रहरीले छुट्टै संयन्त्र बनाएर फुटबललाई गलतरुपमा प्रयोग गर्न खोज्नेहरुलाई पक्राउ गरी कारबाहीका लागि सिफारिस गरेकोमा ला लिगाले विज्ञप्ति जारी गर्दै प्रहरीको कामको प्रशंसा गरेको छ ।

प्रकाशित मिति : १४ जेठ २०७६, मंगलबार  ६ : २२ बजे

विद्युतीय शवदाह मेसिन खरिद प्रकरणः कागजात झिकाउन र प्राविधिक जाँच गराउन आदेश

काठमाडौं – विशेष अदालतले पशुपति क्षेत्र विकास कोषमार्फत गरिएको विद्युतीय

राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण

काठमाडौं – निर्वाचन आयोग नेपालले आगामी माघ ११ गते हुने

प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान

काठमाडौं – प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले वामपन्थी, प्रगतिशील र लोकतान्त्रिक

एमाले महाधिवेशनमा भोट हाल्न तयार गणेश तिमल्सिनालाई तनाव, प्रतिनिधि कार्ड नै लुुकाइयो

काठमाडौँ– नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत मतदानको तयारीमा रहेका राष्ट्रिय सभाका

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी – नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई