बुधबारदेखि औपचारिक रुपमा तातोपानी नाका खुल्ने « Khabarhub

बुधबारदेखि औपचारिक रुपमा तातोपानी नाका खुल्ने


१४ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लामो समयदेखि बन्द रहेको सिन्धुपाल्चोकको तातोपानी नाका बुधबारबाट खुल्ने भएको छ । नेपाल चीनको प्रमुख व्यापारिक नाका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री र चिनियाँ अधिकारीले औपचारिक रुपमा शुभारम्भ गर्ने छन् ।

मंगलबार तातोपानी नाकाबाट चार वटा खाली कन्टेनर चीन प्रवेश गरेको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले बताए । भोटेकोशी गाउँपालिकामा नेपाल र चीन सरकारको अध्यागमन प्रमुखको रोहवरमा १० जना नेपाली र चार वटा खाली कन्टेनरलाई खासा प्रवेशका लागि अस्थायी पास उपलब्ध गराइएको थियो ।

सोहीअनुरुप ती कन्टेनर चिनियाँ सामान लिएर बुधबार नेपाल भित्रिने कार्यक्रम रहेको गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए । नाका खुलाउने सिलसिलामा मंगलबार चिनियाँ राजदूत होउ यान्छी निरीक्षणका लागि तातोपानी पुगेका थिए । २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पछि नाक बन्द रहेको थियो ।

प्रकाशित मिति : १४ जेठ २०७६, मंगलबार  ९ : ३९ बजे

भदौ २३ र २४ को घटना इतिहासकै त्रासद : ओली

काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एघारौँ राष्ट्रिय महाधिवेशनले

आठ वर्षमा पनि औद्योगिक क्षेत्र निर्माण अघि बढेन

गण्डकी– घोषणा भएको आठ वर्ष बितिसक्दा पनि गण्डकी प्रदेशका दुई

जापानी प्रधानमन्त्री मध्यावधि निर्वाचन गर्ने तयारीमा

टोकियो- जापानका प्रधानमन्त्री साने ताकाइचीले जापान सरकारप्रति जनसमर्थन बढाउन आगामी

जाजरकोटमा १८ जना कुष्ठरोगी उपचाररत

काँक्रेविहार– जाजरकोटमा १८ जना कुष्ठरोगीको उपचार सुरु भएको छ ।

चिसोका कारण सडक स्तरोन्नतिको काम स्थगित

म्याग्दी– चिसो र प्रतिकुल मौसमका कारण म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा