बुधबारदेखि औपचारिक रुपमा तातोपानी नाका खुल्ने « Khabarhub

बुधबारदेखि औपचारिक रुपमा तातोपानी नाका खुल्ने


१४ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लामो समयदेखि बन्द रहेको सिन्धुपाल्चोकको तातोपानी नाका बुधबारबाट खुल्ने भएको छ । नेपाल चीनको प्रमुख व्यापारिक नाका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री र चिनियाँ अधिकारीले औपचारिक रुपमा शुभारम्भ गर्ने छन् ।

मंगलबार तातोपानी नाकाबाट चार वटा खाली कन्टेनर चीन प्रवेश गरेको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले बताए । भोटेकोशी गाउँपालिकामा नेपाल र चीन सरकारको अध्यागमन प्रमुखको रोहवरमा १० जना नेपाली र चार वटा खाली कन्टेनरलाई खासा प्रवेशका लागि अस्थायी पास उपलब्ध गराइएको थियो ।

सोहीअनुरुप ती कन्टेनर चिनियाँ सामान लिएर बुधबार नेपाल भित्रिने कार्यक्रम रहेको गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए । नाका खुलाउने सिलसिलामा मंगलबार चिनियाँ राजदूत होउ यान्छी निरीक्षणका लागि तातोपानी पुगेका थिए । २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पछि नाक बन्द रहेको थियो ।

प्रकाशित मिति : १४ जेठ २०७६, मंगलबार  ९ : ३९ बजे

आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा

चितवन – प्रसूति गराउनेको पहिलो रोजाइ भरतपुर अस्पताल हुने गरेको

भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ

झापा – झापाको मेचीनगर नगरपालिका–६ पिङ्कीबाट खैरो हेरोइनजस्तो देखिने पदार्थसहित

दूध अभावमा तीन महिनादेखि चितवन मिल्क बन्द

चितवन – दूधको अभाव भएपछि यहाँको चितवन मिल्क उद्योग तीन

अर्थमन्त्रीले देशको अर्थतन्त्रलाई सही तवरले ड्राइभ गर्न सक्दैनन् : प्रभु साह

रौतहट – आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु

अनाथ बाँदर ‘पन्च’लाई जन्मदिनको शुभकामना !

इचिकावा – जापानी चिडियाखानामा ओरङउटानको नरम खेलौना समातेर धेरै मानिसको