अनुपको अंगालोमा नम्रता, बेड सिनदेखि स्वीमिङ पूलसम्म बोल्ड अवतार « Khabarhub

अनुपको अंगालोमा नम्रता, बेड सिनदेखि स्वीमिङ पूलसम्म बोल्ड अवतार


१३ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चलचित्र ‘जाइरा’को नयाँ गीत सार्वजनिक भएको छ । निर्माण युनिटले विहीबार चलचित्रको ‘आँखाले बोल्छ’ गीत सार्वजनिक गरेको हो ।

रवी मल्लमको शब्द, कल्याण सिंहको संगीत तथा सन्तोष लामाको स्वर रहेको गीतमा अनुप र नम्रताको गहिरो प्रेमभाव देखाइएको छ । गीतमा स्वीमिङपूल देखि बेडसम्मका सिनहरु देखिाइएको छ । जसमा नम्रता श्रेष्ठ निकै हट अवतारमा प्रस्तुत भएकी छिन् ।

‘जाइरा’मा अभिनेत्री श्रेष्ठ मिक्स मार्शल आर्ट खेलाडीको भूमिकामा छिन्। आशुतोष राज श्रेष्ठको निर्देशन रहेको फिल्ममा नम्रता र अनुप बिक्रमसँगै प्रमोद अग्रहरी, रेमनदास श्रेष्ठको अलवा नव–कलाकारहरु श्रृजना रेग्मी, सुजता श्रेष्ठ र सम्राट मगरको प्रमुख अभिनय रहेको छ।

कटामरी फिल्मसको सहकार्यमा नम्रता श्रेष्ठ प्रोडक्शनबाट चलचित्र निर्माण भएको हो । ट्रेन्डसेटर्स प्रालिको प्रस्तुति रहेको फिल्मको प्रसन्न गोपाली कार्यकारी निर्माता हुन्। नम्रताले फिल्म ‘जाइरा’मा मार्सल आर्ट खेलाडीको भूमिका निर्वाह गरेकी छिन् । उनले मार्सल आर्टका लागि करिब ८ महिना लामो वर्क आउट गरेको बताएकी छिन् । चलचित्रकै लागि उनले कपाल समेत काटेकी थिइन् ।

मिक्स मार्शल आर्ट्स नै ‘जाइरा’ फिल्मको मुख्य कथा भएको निर्देशक आशुतोष ले बताए । यो चलचित्र उनको डेब्यू निर्देशन हो । केही समय अघि निर्माण पक्षले चलचित्रको टिजर सार्वजनिक गरेको थियो । चलचित्रको प्रदर्शन मिति नजिकिएसँगै निर्माण पक्षले चलचित्रको प्रमोसनलाई तीव्रता दिएको छ । चलचित्र भदौ ६ गतेबाट प्रदर्शनमा आउने छ ।

प्रकाशित मिति : १३ असार २०७६, शुक्रबार  ९ : २५ बजे

बाढी प्रभावित क्षेत्रमा सात पुल निर्माण गर्ने बागमती सरकारको निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले बाढीबाट प्रभावित रसुवा र नुवाकोटका

गण्डकी प्रदेशमा प्राकृतिक विपद् : यातायात सेवा प्रभावित

गण्डकी – बाढीपहिराका कारण मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं – नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तरराष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु

कास्की – पोखरा महानगरपालिका–१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छ : मन्त्री साह

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले युरोपेली युनियन (इयू)-भारत