ब्राजिलमा ९ करोड वर्ष पुरानो डाइनोसरको अवशेष फेला | Khabarhub Khabarhub

ब्राजिलमा ९ करोड वर्ष पुरानो डाइनोसरको अवशेष फेला


१३ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ब्रासिलिया– दक्षिणी ब्राजिलमा ९ करोड वर्ष पुरानो डाइनोसरको अवशेष फेला परेको छ । अवशेष ५ फिट लामो रहेको जनाइएको छ ।

ब्राजिलको पाराना राज्यस्थित क्रुजेरियो डो ओस्ट शहरमा ९ करोड वर्ष अघिको भेस्पेरसरस पारानाइनेसिस डाइनोसरको अवशेष फेला परेको हो । मारिङ्गा राज्य विश्वविद्यालय, साओ पाउलो विश्वविद्यालय तथा क्रुजेरियो डो ओस्ट जीवाश्म संग्रहालयका ब्राजिली र अर्जेन्टाइन जीवाश्मवैज्ञानिकहरुले उक्त अवशेष फेला पारेको जनाइएको छ ।

मरुभूमीय वातावरणमा घुलमिल भएको त्यस डाइनोसरले नङ्ग्राको प्रयोग गरी शिकार गर्ने गरेको थियो । ब्राजिलको दक्षिणी क्षेत्रमा ९ करोड वर्षअघि मरुभूमीय वातावरण रहेको बताइन्छ । त्यस क्षेत्रमा ३ करोड वर्षअघिसम्म डाइनोसरको बसोबास रहेको वैज्ञानिकहरुले जनाएका छन् ।

वैज्ञानिकहरुका अनुसार उक्त डाइनोसर ५ फिट लामो, दुई खुट्टे र स–साना जनावरको शिकार गर्ने प्रजातिको थियो । यो डाइनोसरको अस्थीपञ्जर निकै कमलो रहेको समेत वैज्ञानिकहरुले जनाएका छन् ।

डाइनोसरको अवशेष पत्ता लागेको क्रुजेरियो डो ओस्टमा सन् १९७० को दशकमा किसानहरुले पहिलोपटक डाइनोसरको अवशेष फेला पारेका थिए ।

प्रकाशित मिति : १३ असार २०७६, शुक्रबार  १० : २९ बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास