ब्राजिलमा ९ करोड वर्ष पुरानो डाइनोसरको अवशेष फेला « Khabarhub

ब्राजिलमा ९ करोड वर्ष पुरानो डाइनोसरको अवशेष फेला


१३ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ब्रासिलिया– दक्षिणी ब्राजिलमा ९ करोड वर्ष पुरानो डाइनोसरको अवशेष फेला परेको छ । अवशेष ५ फिट लामो रहेको जनाइएको छ ।

ब्राजिलको पाराना राज्यस्थित क्रुजेरियो डो ओस्ट शहरमा ९ करोड वर्ष अघिको भेस्पेरसरस पारानाइनेसिस डाइनोसरको अवशेष फेला परेको हो । मारिङ्गा राज्य विश्वविद्यालय, साओ पाउलो विश्वविद्यालय तथा क्रुजेरियो डो ओस्ट जीवाश्म संग्रहालयका ब्राजिली र अर्जेन्टाइन जीवाश्मवैज्ञानिकहरुले उक्त अवशेष फेला पारेको जनाइएको छ ।

मरुभूमीय वातावरणमा घुलमिल भएको त्यस डाइनोसरले नङ्ग्राको प्रयोग गरी शिकार गर्ने गरेको थियो । ब्राजिलको दक्षिणी क्षेत्रमा ९ करोड वर्षअघि मरुभूमीय वातावरण रहेको बताइन्छ । त्यस क्षेत्रमा ३ करोड वर्षअघिसम्म डाइनोसरको बसोबास रहेको वैज्ञानिकहरुले जनाएका छन् ।

वैज्ञानिकहरुका अनुसार उक्त डाइनोसर ५ फिट लामो, दुई खुट्टे र स–साना जनावरको शिकार गर्ने प्रजातिको थियो । यो डाइनोसरको अस्थीपञ्जर निकै कमलो रहेको समेत वैज्ञानिकहरुले जनाएका छन् ।

डाइनोसरको अवशेष पत्ता लागेको क्रुजेरियो डो ओस्टमा सन् १९७० को दशकमा किसानहरुले पहिलोपटक डाइनोसरको अवशेष फेला पारेका थिए ।

प्रकाशित मिति : १३ असार २०७६, शुक्रबार  १० : २९ बजे

नारायणी अस्पताल घटनाबारे छानबिन गर्न समिति गठन

वीरगञ्ज– नारायणी अस्पतालमा शनिबार भएको घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति

धर्मेन्द्र प्रधानको राजीनामापछि प्रह्लाद जोशी बने भारतका नयाँ शिक्षा मन्त्री

नयाँदिल्ली- धर्मेन्द्र प्रधानको राजीनामापछि भारतले नयाँ शिक्षा मन्त्री पाएको छ।

सरकारी टोली र डाक्टर केसीका प्रतिनिधिबीच वार्ता शुरु 

धनगढी– बिहीबारदेखि अनशनमा बसेका डाक्टर गोविन्द केसीका मागबारे सरकारी वार्ता

‘स्ट्रेट अफ होर्मुज’ व्यवस्थापनबारे ओमानसँगको वार्तामा प्रगति : इरान

तेहरान- इरानले रणनीतिक ‘स्ट्रेट अफ होर्मुज’ व्यवस्थापन तथा त्यहाँबाट पानीजहाजको

लघुवित्त तथा वित्तीय शोषणविरुद्ध आयोजित ‘राजधानी मार्च’ (तस्बिरहरू)

काठमाडौं– लघुवित्त तथा वित्तीय शोषण पीडित किसान-मजदुरले काठमाडौंमा ‘राजधानी मार्च’ गरेका