काठमाडौंमा फेरि १२ वर्षीया बालिकामाथि सिरिन्ज आक्रमण « Khabarhub

काठमाडौंमा फेरि १२ वर्षीया बालिकामाथि सिरिन्ज आक्रमण


१३ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको कीर्तिपुरमा फेरि एक बालिकामाथि सिरिजन्ज (सुइ) आक्रमण भएको छ । स्कुलबाट घर फर्कँदै गर्दा बाटोमा बालिकामाथि आक्रमण भएको हो ।

अभिभावकले सिरिन्ज आक्रमण भएको भन्दै बालिकालाई टेकुस्थित शुक्रबार ट्रपिकल तथा सरुवा रोग अस्पताल पुर्‍याएका छन् । अस्पतालका सरुवा रोग विश्षज्ञ डा. शेरबहादुर पुनले अहिले बालिकाको उपचार भइरहेको जानकारी दिए ।

डा. पुनका अनुसार बालिकाको शरीरमा सिरिन्ज आक्रमण भएकोजस्तो देखिने सानो डाम छ । यद्यपि यस विषयमा थप अध्ययन भइरहेको डा. पुनले बताए । कीर्तिपुरकी १२ वर्षीया बालिकासहित अहिलेसम्म ११ जना युवती (महिला)माथि सिरिन्ज आक्रमण भएको छ ।

बिहीबार साँझ मात्रै एक युवती सिरिन्ज आक्रमण भएपछि टेकु अस्पताल भर्ना भएकी थिइन् ।

प्रहरीले सिरिन्ज आक्रमणमा संलग्न भन्दै काठमाडौंबाट १ जनालाई पक्राउ गरेको छ । प्रहरीको टोलीले काठमाडौंको चावहिलबाट बुधबार राति ३० वर्षीया सन्तोष कार्कीलाई नियन्त्रणमा लिएको हो ।

युवती तथा महिलामाथि सिरिन्ज आक्रमण भएको क्षेत्रको सिसिटिभी फुटेजको अध्ययन गरेर आक्रमणकारीको खोजी भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : १३ असार २०७६, शुक्रबार  १० : ५२ बजे

धादिङको गल्छी–बैरेनी बजारमा क्षति 

काठमाडौं– रसुवामा आएको बाढीले धादिङको गल्छी–बैरेनी बजारमा क्षति पुर्‍याएको छ

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्  । 

रसुवा बाढीमा सम्पर्कविहीन यातायात श्रमिकको खोजी गर्न माग

काठमाडौं- तिब्बत क्षेत्रबाट आएको बाढीका कारण रसुवाको टिमुरे, स्याफ्रुबेंसी, मैलुङ,

बाढीको जोखिमपछि काठमाडौंबाट पश्चिम जाने गाडी होल्ड (तस्बिरहरू)

काठमाडौं– चीन तर्फबाट आएको भीषण बाढी भोटेकोशी हुँदै त्रिशूली नदीतर्फ

रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प

काठमाडौं- रसुवामा बुधबार बिहान अचानक आएको ठूलो बाढी प्रवेश गर्नुअघि