खाजा पसल चलाउने सन्तोषको कुकृत्य– जसको ‘रमाइलो’ले काठमाडौं आतंकित बन्यो « Khabarhub

खाजा पसल चलाउने सन्तोषको कुकृत्य– जसको ‘रमाइलो’ले काठमाडौं आतंकित बन्यो


१३ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रामेछाप घर भएर काठमाडौंको नैकाप बस्ने सन्तोष कार्की काठमाडौंको महाराजगन्ज (चक्रपथ) क्षेत्रमा फास्टफूड (खाजा) पसल सञ्चालन गर्छन् ।

दिनभर खाजा पसलमा ब्यस्त हुने सन्तोष साँझ फर्किँदा भने महिलामाथि आक्रमण गर्ने रहेछन् । ३० वर्षीया सन्तोषले अहिलेसम्म करिब आधा दर्जन महिला तथा युवतीमाथि काठको सुइरो र फलामको काँटी घोपिसकेका छन् ।

राजधानी काठमाडौंमा महिला तथा युवतीमाथि भइरहेको ‘सिरिन्ज (सुइ) आक्रमण’को आतंकका बीच प्रहरीले सन्तोषलाई पक्राउ गरेको छ ।

बिहीबार राति काठमाडौंको महाराजगन्जबाट पक्राउ परेका सन्तोषले रमाइलोका लागि आफूले महिलामाथि काठको सुइरो र काँटीले आक्रमण गर्ने गरेको प्रहरीलाई बयान दिएका छन् ।

प्रहरीका अनुसार गत जेठ १८ गते राति १० बजे काठमाडौं महानगरपालिका–१६ मा एक महिलामाथि मोटरसाइकलमा आएको व्यक्तिले आक्रमण गरेका थिए । त्यसपछि यो क्रम निरन्तर १ हप्तासम्म चलेको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार जेठ १८ गतेसहित २० गते र ३२ गते राति आफूहरुमाथि मोटरसाइकलमा आएका व्यक्तिले आक्रमण गरेको भन्दै काठमाडौंका केही महिलाले प्रहरीमा उजुरी दिएका थिए । सोही उजुरीका आधारमा प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो ।

सिसिटिभी फुटेजको अध्ययनका आधारमा पक्राउ परेका सन्तोषले काठमाडौंको डल्लु, सोह्रखुट्टे क्षेत्रमा भएको आक्रमणको जिम्मा लिएका छन् ।

खाजा पसल बन्द गरेर राति कोठा फर्किने क्रममा बाटोमा भेटिएका महिलामाथि आफूले ढलान किलो (काँटी) र काठको सुइरोले घोप्ने गरेको उनले प्रहरीसमक्ष दिएको बयानमा भनेका छन् ।

प्रकाशित मिति : १३ असार २०७६, शुक्रबार  १२ : ३३ बजे

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल चैत ४ गते बुधबार चैत कृष्ण

आज २०८२ साल चैत ४ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ४ गते बुधबार चैत

खोटाङमा हावाहुरीले दर्जनौँ घरगोठ तथा विद्यालयको छाना उडायो

खोटाङ– गएराति वर्षासँगै चलेको हावाहुरीले खोटाङमा दर्जनौँ घरगोठ तथा विद्यालयको

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख पक्राउ

काठमाडौं- नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग

सुरेन्द्र पाण्डेले भने : अब एमाले बन्द कोठाको षडयन्त्रमा होइन, कार्यकर्ताको भावनामा चल्नुपर्छ

काठमाडौँ – नेकपा एमालेभित्रका विषयहरू बैठकमै उठाउनुपर्ने कि सामाजिक सञ्जालमार्फत