पश्चिम युरोपको तापक्रम अहिलेसम्मकै उच्च, अझै बढ्ने अनुमान | Khabarhub Khabarhub

पश्चिम युरोपको तापक्रम अहिलेसम्मकै उच्च, अझै बढ्ने अनुमान


१३ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पेरिस– पश्चिम युरोपको तापक्रम एक्कासी बढ्न थालेको छ ।

पश्चिम युरोपका फ्रान्स, स्पेन, इटालीलगायतका मुलुकमा तापक्रम ह्वात्तै बढेको हो । फ्रान्सका केही स्थानमा तापक्रम ४५ डिग्रीसम्म पुगेको युरोपेली सञ्चारमाध्यमले जनाएका छन् । तापक्रम अझै बढ्न सक्ने अनुमान मौसमविद्हरुले गरेको बीबीसीले जनाएको छ ।

त्यसबाहेक स्विट्जरल्याण्ड, बेल्जियम, जर्मनी, नेदरल्याण्ड्समा समेत तापक्रम बढेको बीबीसीले जनाएको छ । बढ्दो तापक्रमकै कारण स्पेनका केही क्षेत्रमा डढेलो समेत लागेको अधिकारीको भनाइ छ ।

उत्तर अफ्रिकाको सहारा मरुभूमिबाट आएको तातो हावाका कारण तापक्रम बढेको मौसमविद्हरुले जनाएका छन् । गर्मीका कारण केही मानिसहरुको ज्यान गएको समाचार सार्वजनिक भएपनि यसको पुष्टि भने भइसकेका छैन ।

पश्चिम युरोपका केही क्षेत्रमा विद्यालय बन्द गरिएको तथा मानिसहरुलाई आफूलाई चिसो राख्न आह्वान गरिएको छ ।

स्विमिङ पुल, समुद्रको किनार र सार्वजनिक स्नानकक्षमा मानिसहरुको भीड बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रकाशित मिति : १३ असार २०७६, शुक्रबार  ६ : ४७ बजे

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं – महानगरपालिका–१६ बनस्थली चोकस्थित सडकमा आज बसको ठक्क्रबाट पैदलयात्रुको

अध्यादेशबाट प्रवासी नेपालीलाई मताधिकार दिन सम्भव छ ?

काठमाडौं– अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले बिहीबार पत्रकारहरूसँग कुरा गर्दै

तीन ठूला दलमा बढ्दैछ नेतृत्वको परिवर्तनको माग

काठमाडौं– जेन-जी आन्दाोलन यता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र

मन्त्री बन्ने हल्लापछि विजय लामाले भने- धेरै जनाले प्रस्ताव राख्नुभएको छ रे तर, मलाई कुनै जानकारी छैन

काठमाडौं– क्याप्टेन विजय लामा अन्तरिम सरकारको पर्यटनमन्त्री बन्ने हल्ला बाहिरिएको