‘माग पूरा नभएसम्म अब सिसडोलमा फोहोर फाल्न दिँदैनौं’ | Khabarhub Khabarhub

‘माग पूरा नभएसम्म अब सिसडोलमा फोहोर फाल्न दिँदैनौं’


१३ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिसडोल व्यवस्थापन संघर्ष समितिले सरकारले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनबारे आफूहरुले उठाएका माग सम्बोधन नगरे कडा संघर्षमा उत्रिने चेतावनी दिएको छ ।

शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै समितिले सिसडोल व्यवस्थापन अस्तव्यस्त भएको, सधैंका लागि बन्द गर्नुपर्ने र सिसडोल डम्पिङबाट सिर्जित समस्याहरुको अन्तराष्ट्रिय मापदण्डअनुसार व्यवस्थापन गर्नुपर्ने माग राखेको हो ।

काठमाडौं महानगरपालिकाका प्रतिनिधिहरुसँग पटक–पटक वार्ता गर्दा पनि समस्याको समाधान नगरेको समितिको आरोप छ । आफूहरुको समस्यालाई बेवास्ता गरिएको भन्दै विहीबारदेखि नैसमितिले ओखरपौवा सिसडोलमा फोहोर खसाल्न रोकेको र सधैंको लागि बन्द गर्ने पनि घोषणा गरेको छ ।

कार्यक्रममा समितिका अध्यक्ष चक्रमान बलामीले समितिले अघि सारेका माग पूरा गर्नुपर्नेमा जोड दिए ।  उनले भने, ‘फोहोर फाल्ने सरकारी जग्गा फोहोरले पूरा ओगटिसकेको छ, अब फोहोर व्यवस्थापन गर्ने जग्गा नै छैन । सरकारले सिसडोलको विकल्प खोज्नुपर्ने बेला आइसक्यो ।’

कार्यक्रममा समितिका बरिष्ठ सल्लाहकार ज्ञानेन्द्र प्रकाश गजुरेलले संघर्ष समिति कुनैपनि पार्टीसँग आवद्ध नभई विशुद्ध पीडितहरुको आवाज बोलेका बताए ।

उनले आफूहरु कडा आन्दोलनमा उत्रिने तयारीमा रहेकोले अब समस्या समाधान नभएसम्म संघर्षबाट समति पछि नहट्ने चेतावनी दिए । उनले विहीबारदेखि नैकाठमाडौं उपत्यकाबाट फोहोर बोकेर जाने गाडीहरु ठप्प पारेको पनि जानकारी दिए ।

पीडितमध्येका एक राजन न्यौपानेले फोहोरकै कारण स्थानीय ११÷१२ जनाले अनाहकमा ज्यान गुमाउनुपरेको आरोप लगाए । सरकारले प्रहरी प्रशासनको सामू मात्रै वार्ता गर्न चाहेको उनको भनाइ छ । उनले आफूहरुले विगतदेखि नै राख्दै आएको न्यूनतम मागहरु पूरा गर्नुपर्ने बताए । उनले भने,‘मान्छेको विमा, पशु विमा र बालीनालीको पनि विमा गर्नुपर्छ ।’

अर्का प्रत्यक्ष प्रभावित श्रीराम ढुंगानाले आफू विगत २० वर्षदेखि यो समस्या समाधानको लागि लागिपरेको भएपनि अहिलेसम्म समाधान नभएकोमा गुनासो पोखे । वर्तमान सरकार बलियो सरकार भएपनि कामभन्दा कुरा बढी गरेको उनले आरोप लगाए । फोहोरकै कारण आफूहरुको सम्पत्ति र सन्ततिको असुरक्षा बढेकामा चिन्ता व्यक्त गरे ।

उनले माग पूरा नभएसम्म अब फोहोर व्यवस्थापन गर्नै नदिने चेतावनी दिए । उनले भने,‘म बरु मर्न तयार छु, जेल जान तयार छु, अब अति नै भयो माग पूरा गर्नुपर्छ ।’

आगामी भदौ १ गतेसम्म माग पूरा नगरे व्यवस्थापनसम्बन्धी भइरहेको कुनैपनि निर्माण काम गर्न नदिने पनि उनले चेतावनी दिए । सिसडोलको समस्याको दिर्घकालीन समाधान खोज्नुपर्ने भन्दै सरकार त्यतातर्फ गम्भिर बन्नुपर्ने उनको जोड थियो ।

कार्यक्रममा समितिका सदस्य दिवश श्रेष्ठले आफूहरु धेरै अन्यायमा परेको दुःखेसो पोखे । उनले आफूहरुले सरकारसँग अवसर नभएर अधिकार खोजेको स्पष्ट पारे ।

उनले भने,‘फोहोरको दुर्गन्धले जनजीवन मात्रै होइन, त्यहाँको मानवीय वातावरण नै प्रदुषित बनेको छ ।’

प्रकाशित मिति : १३ असार २०७६, शुक्रबार  ९ : १७ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०