‘माग पूरा नभएसम्म अब सिसडोलमा फोहोर फाल्न दिँदैनौं’ « Khabarhub

‘माग पूरा नभएसम्म अब सिसडोलमा फोहोर फाल्न दिँदैनौं’


१३ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिसडोल व्यवस्थापन संघर्ष समितिले सरकारले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनबारे आफूहरुले उठाएका माग सम्बोधन नगरे कडा संघर्षमा उत्रिने चेतावनी दिएको छ ।

शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै समितिले सिसडोल व्यवस्थापन अस्तव्यस्त भएको, सधैंका लागि बन्द गर्नुपर्ने र सिसडोल डम्पिङबाट सिर्जित समस्याहरुको अन्तराष्ट्रिय मापदण्डअनुसार व्यवस्थापन गर्नुपर्ने माग राखेको हो ।

काठमाडौं महानगरपालिकाका प्रतिनिधिहरुसँग पटक–पटक वार्ता गर्दा पनि समस्याको समाधान नगरेको समितिको आरोप छ । आफूहरुको समस्यालाई बेवास्ता गरिएको भन्दै विहीबारदेखि नैसमितिले ओखरपौवा सिसडोलमा फोहोर खसाल्न रोकेको र सधैंको लागि बन्द गर्ने पनि घोषणा गरेको छ ।

कार्यक्रममा समितिका अध्यक्ष चक्रमान बलामीले समितिले अघि सारेका माग पूरा गर्नुपर्नेमा जोड दिए ।  उनले भने, ‘फोहोर फाल्ने सरकारी जग्गा फोहोरले पूरा ओगटिसकेको छ, अब फोहोर व्यवस्थापन गर्ने जग्गा नै छैन । सरकारले सिसडोलको विकल्प खोज्नुपर्ने बेला आइसक्यो ।’

कार्यक्रममा समितिका बरिष्ठ सल्लाहकार ज्ञानेन्द्र प्रकाश गजुरेलले संघर्ष समिति कुनैपनि पार्टीसँग आवद्ध नभई विशुद्ध पीडितहरुको आवाज बोलेका बताए ।

उनले आफूहरु कडा आन्दोलनमा उत्रिने तयारीमा रहेकोले अब समस्या समाधान नभएसम्म संघर्षबाट समति पछि नहट्ने चेतावनी दिए । उनले विहीबारदेखि नैकाठमाडौं उपत्यकाबाट फोहोर बोकेर जाने गाडीहरु ठप्प पारेको पनि जानकारी दिए ।

पीडितमध्येका एक राजन न्यौपानेले फोहोरकै कारण स्थानीय ११÷१२ जनाले अनाहकमा ज्यान गुमाउनुपरेको आरोप लगाए । सरकारले प्रहरी प्रशासनको सामू मात्रै वार्ता गर्न चाहेको उनको भनाइ छ । उनले आफूहरुले विगतदेखि नै राख्दै आएको न्यूनतम मागहरु पूरा गर्नुपर्ने बताए । उनले भने,‘मान्छेको विमा, पशु विमा र बालीनालीको पनि विमा गर्नुपर्छ ।’

अर्का प्रत्यक्ष प्रभावित श्रीराम ढुंगानाले आफू विगत २० वर्षदेखि यो समस्या समाधानको लागि लागिपरेको भएपनि अहिलेसम्म समाधान नभएकोमा गुनासो पोखे । वर्तमान सरकार बलियो सरकार भएपनि कामभन्दा कुरा बढी गरेको उनले आरोप लगाए । फोहोरकै कारण आफूहरुको सम्पत्ति र सन्ततिको असुरक्षा बढेकामा चिन्ता व्यक्त गरे ।

उनले माग पूरा नभएसम्म अब फोहोर व्यवस्थापन गर्नै नदिने चेतावनी दिए । उनले भने,‘म बरु मर्न तयार छु, जेल जान तयार छु, अब अति नै भयो माग पूरा गर्नुपर्छ ।’

आगामी भदौ १ गतेसम्म माग पूरा नगरे व्यवस्थापनसम्बन्धी भइरहेको कुनैपनि निर्माण काम गर्न नदिने पनि उनले चेतावनी दिए । सिसडोलको समस्याको दिर्घकालीन समाधान खोज्नुपर्ने भन्दै सरकार त्यतातर्फ गम्भिर बन्नुपर्ने उनको जोड थियो ।

कार्यक्रममा समितिका सदस्य दिवश श्रेष्ठले आफूहरु धेरै अन्यायमा परेको दुःखेसो पोखे । उनले आफूहरुले सरकारसँग अवसर नभएर अधिकार खोजेको स्पष्ट पारे ।

उनले भने,‘फोहोरको दुर्गन्धले जनजीवन मात्रै होइन, त्यहाँको मानवीय वातावरण नै प्रदुषित बनेको छ ।’

प्रकाशित मिति : १३ असार २०७६, शुक्रबार  ९ : १७ बजे

सुडी समाज काठमाडौंले मनायो होली

काठमाडौं– सुडी समाज काठमाडौँले आज यहाँ फागु अर्थात् होली पर्व हर्षोल्लासका

चाडपर्वमा एकरुपता ल्याउन महानगर एवम् पञ्चाङ्ग निर्णायक समितिबीच छलफल

काठमाडौं– विसं २०८३ का तिथिमिति र काठमाडौँ उपत्यकाका चाडपर्वमा एकरुपता

इरानी आक्रमणबाट कुवेतमा एक जनाको मृत्यु, ३२ घाइते

कुवेत- इरानको आक्रमणमा कुवेतमा पनि एकजनाको ज्यान गएको छ। कुवेतको

बालेनका चुनावी कमाण्डर भन्छन्, ‘उहाँले मिडिया फेस नगर्नु रणनीति हो’

झापा- राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी प्रचार शैली दक्षिण भारतीय सिनेमा

इजरायलमा इरानी मिसाइल आक्रमण, एकैठाउँ मर्नेको संख्या ८ पुग्यो, २७ जना घाइते

तेलअभिभ- इजरायलको बेइत शेमेश सहरमा इरानले गरेको ब्यालिस्टिक मिसाइल आक्रमणमा