थाहा पाउनुहोस हृदयघातका लक्षण « Khabarhub

थाहा पाउनुहोस हृदयघातका लक्षण


१२ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुटु मानिसको संवेदनशील अंग हो । मुटुको चालमा हुने गडबढीले पनि मानिसको स्वास्थ्यमा ठूलो अर्थ राख्छ । त्यसैले मुटुको रेखदेख तथा स्याहारमा विशेष सावधानी अपनाउनुपर्छ । नत्र मुटुरोगको संक्रमण हुन सक्छ ।

पछिल्लो समय युवा पुस्तामै मुटुरोगको संक्रमण बढ्न थालेपछि उमेर बढ्दै जाँदा मुटुरोगसम्बन्धी समस्या आउने हो कि भन्ने चिन्ता पनि बढ्न थालेको छ ।

मुटुको आकस्मिक अवस्थामा तत्काल उपचार नगरे ज्यान जाने खतरा हुन्छ । मुटुले दिमागलगायत शरीरका विभिन्न अंगहरूमा रगतको साथमा अक्सिजन, ग्लुकोज र पोषण तत्वहरू आपूर्ति गर्छ ।

शरीरका लागी अत्यावश्यक यी वस्तुहरूको आपूर्ति रोकिएमा सबैभन्दा पहिले दिमागमा असर पर्छ । ५ मिनेटसम्म दिमागमा अक्सिजन र ग्लुकोज आपूर्ति बन्द भएको खण्डमा दिमागको मृत्यु हुन्छ । दिमाग मरेपछि ज्यान सकिएको मानिन्छ ।

मुटुको इमर्जेन्सी अवस्था उत्पन्न हुँदा रक्तसञ्चालनमा अवरोध उत्पन्न हुन्छ । र, दिमाग लगायत अन्य अंगहरूमा अक्सिजन र ग्लुकोजको आपूर्ति घट्छ । यस प्रकार आवश्यक वस्तुहरूको आपूर्ति घट्दै जाँदा ज्यान खतरामा पर्छ । इमर्जेन्सी अवस्थामा उपचार गर्न कत्ति पनि ढिलाइ गर्नुहुदैन ।

एकपल्ट दिमाग मरेपछि यसलाई फेरि ब्यूँताउन सकिँदैन । ५ मिनेट अघि वा पछि भन्ने कुराले धेरै फरक पार्छ । अस्पताल पुग्न ढीला भएर अकालमै ज्यान गएको धेरै घटना हामीले देखेका छौँ । अस्पताल समयमा नै पुर्‍याएर पनि उपचारमा ढिलाई भई ज्यान गुमेका दुःखदायी घटनाहरू पनि देखेका छौँ । त्यसैले इमर्जेन्सी अवस्थामा तुरुन्त अस्पताल गइ चाँडो उपचार शुरु गरिनुपर्छ ।

मुटु छातीको बीच भागमा हुन्छ । यस भागमा धेरै नै दुख्यो भने हृदयघातको शंका गर्नुपर्छ । हृदयघात हुँदा छातीको बीच भागमा छुरीले रोपेजस्तो, डोरीले कसेजस्तो वा ढुंगाले थिचेजस्तो पीडा हुन्छ र मरी पो हाल्छु कि भन्ने डर उत्पन्न हुन्छ । कसै–कसैलाई आगोले पालेजस्तो हुने, पीडा केही गर्दा पनि ठीक नहुने, खलखली पसिना आउने र वाकवाकी लाग्ने हुन्छ । मुटुभित्र रगत पुर्‍याउने नशा बन्द भयो भने यस्तो पीडा उत्पन्न हुन्छ । यो इमर्जेन्सी अवस्था हो ।

छातीमा पीडा उत्पन्न हुनेबित्तीकै यसको उपचार शरु गर्नुपर्छ । बन्द भएको नशालाई खुलाउनेतर्फ उपचार केन्द्रित हुनुपर्छ । बन्द भएको नशालाई जति चाँडो खुलाउन सक्यो त्यति राम्रो हुन्छ । छातीमा पीडा उत्पन्न भएको एक घण्टाभित्र अस्पताल पुर्‍याएर उपचार शुरु गर्नु सबैभन्दा उत्तम हुन्छ ।

मुटुरोगीमा दम बढ्नु भनेको मुटु फेल हुनु जस्तो हो । दम खतराको घण्टी हो तर यो आफैमा रोग भने होईन । अलि–अलि मात्र दम बढ्ने भएको छ भने इमर्जेन्सी अवस्था होईन तर धेरै बढेकोछ भने इमर्जेन्सी अवस्था हो ।

आरामसाथ बस्दा वा दुई–चार पाइलामात्र हिड्दा पनि दम बढने, पल्टिदा दम बढ्ने, बस्दा घट्ने हार्टफेलको माथिल्लो अवस्था हो । यस्तो हुँदा अस्पतालको इमर्जेन्सीमा उपचारका लागी जानुपर्छ । हार्ट फेल हुँदा दमको साथमा खोकी लाग्ने, कहिलेकाहीँ कफमा रगत देखा पर्ने, दुवै खुट्टा सुन्निने हुन्छ ।

मुटुको गति प्रतिसेकेण्ड ६० देखि १०० हुनुपर्छ । यदि कसैको मुटु प्रतिमिनेट ४० भन्दा कम वा १४० भन्दा बढी भयो भने इमर्जेन्सी अवस्था हो । यस्तो अवस्थामा चक्कर लाग्ने बेहोस हुने हुन्छ । मुटु धेरै ढिलो वा धेरै छिटो चल्यो भने मुटुले राम्रोसँग पम्प गर्न सक्दैन, जसका कारण दिमागमा पर्याप्त मात्रामा रगत पुग्दैन । यसो हुँदा दिमागमा क्षति पुग्छ ।

धेरै क्षति पुग्यो भने दिमाग मर्न सक्छ । जति सक्यो चाँडो मुटुको धड्कन ठीक पार्ने उपचार शुरु गर्नुपर्छ । प्राथमिक उपचारको रुपमा मुटु छिटो चल्दा गहिरो श्वास तानेर भित्रै रोक्ने, आँखामा चिसो पानीले भिजेको रुमाल राख्ने, घाँटीको दाँयातर्फको ठूलो नशा मालिस गर्ने, हातका औँलाहरूलाई मुखभित्र छिराएर घाँटीसम्म पुर्‍याई उल्टी हुने गरी वाक्वाक् गर्ने आदि गर्नुपर्छ ।

यसो गर्दा छिटो–छिटो चलेको मुटु ठीक गतिमा चल्ने हुन सक्छ । मुटु धेरै छिटो चलेर बिरामी बेहोस भयो, रक्तचाप धेरै नै घट्यो, मृत्युको सम्भावना जस्तो देखियो भने ढिला नगरी दाँया हात मुठ्ठी कसेर बेस्सरी बिरामीको छातीमाथि एकपल्ट बजार्नुपर्छ । यसले करेन्ट (सक) दिएजस्तै काम गर्छ । एकपल्टमा नभएमा फेरि मुठ्ठीले छातीमा हिर्काउने काम दोहोर्‍याउनुपर्छ ।

प्रकाशित मिति : १२ श्रावण २०७६, आइतबार  २ : १० बजे

प्रधानमन्त्रीको सन्देश : पुराना दलले आत्तिनु पर्दैन, नयाँले मात्तिनु पर्दैन

काठमाडौं– मुलुकको विषम परिस्थितिमा कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेर प्रधानमन्त्री सुशीला

पितृशोकमा रहेका ओली भेट्न पुगिन् पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्री पनि जाँदै

काठमाडौं- पितृशोकमा रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पूर्वराष्ट्रपति

दाउरा थकाली पुनः सञ्चालनमा

काठमाडौं– ललितपुरको पुल्चोकस्थित दाउरा थकाली रेस्टुरेन्ट नयाँ उत्साह र परिष्कृत

पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै

काठमाडौं– नेपालको पश्चिम क्षेत्रबाट आज बिहानैदेखि वर्षा सुरु भएको छ

इरानी मिसाइल आक्रमणपछि इजरायलका कयौँ सहरमा आगलागी

तेहरान- इरानले प्रहार गरेको मिसाइलपछि इजरायलका केही क्षेत्रमा आगलागी भएको