टस हारेको नेपालले पहिले फिल्डिङ गर्ने « Khabarhub

टस हारेको नेपालले पहिले फिल्डिङ गर्ने


१२ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आईसीसी टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गत एसिया फाईनलको अन्तिम खेलमा अहिले नेपाल र सिंगापुरबीचको खेल शुरु भएको छ । टस जितेको सिंगापुरले व्याटिङ गर्ने निर्णय गरेपछि नेपालले शुरुमा फिल्डिङ गर्दैछ ।

विश्वकपको ग्लोबल छनोटमा पुग्न दुवैका लागि अन्तिम खेल महत्वपुर्ण छ । नेपाल र सिंगापुर अन्तिम खेलमा जित निकाल्दै अघिल्लो चरणमा प्रवेश गर्न चाहन्छन् ।

खेल सिंगापुरको ईन्डियन एसोसियसन मैदानमा नेपाली समय अनुसार बिहान सवाँ ७ बजे शुरु हुँदैछ । अघिल्लो चरण पुग्न नेपाललाई जितको विकल्प छैन ।

प्रतियोगिताको एक मात्र अपराजित टोली सिंगापुर समेत नेपाललाई निराश बनाउँदै ग्लोबल छनोटमा स्थान बनाउन चाहन्छ । खेल बराबरी वा बर्षाले प्रभावित भएको अवस्थामा सिंगापुर अघिल्लो चरण प्रवेश गर्नेछ ।

नेपाल समुह चरणको दोस्रो स्थानमा छ । उसले ३ खेलबाट ४ अंक जोडेको छ । शीर्ष स्थानको सिंगापुरको समान खेलबाट ५ अंक छ ।

कुवेतविरुद्व खेल बर्षाले प्रभावित भएपछि सिंगापुरले अंक बाँडेको थियो । नेपालले पहिलो खेलमा कतारसंग अप्रत्यासित हार ब्यहोरेको थियो ।

आइतबार हुने खेलमा घरेलु टोली सिंगापुरलाई पराजित गर्न सके नेपाल छनोट चरणको एसिया च्याम्पियन बन्नेछ । पाँच टोली सम्मिलित प्रतियोगिता राउन्ड रोविन लिग प्रणालीमा खेलाइएको छ । सर्बाधिक अंक जोड्नेले उपाधि जित्नेछ ।

आफ्नो बाहेक अन्य टोलीबीचको खेलमा अनुकुल नतिजा नआएपछि नेपालको यात्रा थप सहज बनेको हो । एसियाली छनोटको विजेता टोलीले अक्टोबर ११ देखि नोभेम्बर ३ सम्म युएईमा हुने ग्लोवल क्वालिफायरमा स्थान बनाउनेछ ।

प्रकाशित मिति : १२ श्रावण २०७६, आइतबार  ७ : २३ बजे

पर्चा–पम्प्लेटले अस्तव्यस्त एमाले अधिवेशनस्थल भृकुटीमण्डप (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा जारी छ

उच्छृङ्खल गतिविधि गर्नेलाई कारबाही हुन्छ : राष्ट्र बैंक

काठमाडौं– पछिल्ला दिनमा भएका बैंक तथा वित्तीय संस्था लक्षित घटनाका

भरतपुरस्थित क्यान्सर अस्पताललाई चीनबाट सवारीसाधन सहयोग

काठमाडौं– नेपालस्थित चिनियाँ दूतावासले चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर

नेपाल–चीन आर्थिक सहकार्यमा जोड

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले नेपाल–चीन आर्थिक सहकार्य र लगानी वृद्धिमा

आईपीएल अक्सन : क्यामरुन ग्रीनले बनाए महंगो खेलाडीको कीर्तिमान, कुन खेलाडी कतिमा बिके ?

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को अक्सनमा अष्ट्रेलियाका