नेपाललाई सिंगापुरले दियो १९२ रनको लक्ष्य « Khabarhub

नेपाललाई सिंगापुरले दियो १९२ रनको लक्ष्य


१२ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आईसीसी टी-ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको अन्तिम खेलमा नेपाललाई घरेलु टोली सिंगापुरले जितका लागि १९२ रनको फराकिलो लक्ष्य प्रस्तुत गरेको छ ।

ईण्डियन एसोसियसन क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले २० ओभरमा ६ विकेट गुमाएर १९१ रन बनायो । नेपाल अब जवाफी व्याटिङमा उत्रिँदैछ । विश्वकपको ग्लोबल छनोटमा पुग्न नेपाललाई जित्नै पर्ने बाध्यता छ ।

सिंगापुर पनि नेपाललाई हराएर ग्लोबल छनोटमा पुग्न चाहन्छ । विश्वकपको ग्लोबल छनोटमा पुग्न दुवैका लागि अन्तिम खेल महत्वपुर्ण छ । नेपाल र सिंगापुर अन्तिम खेलमा जित निकाल्दै अघिल्लो चरणमा प्रवेश गर्न चाहन्छन् ।

खेल सिंगापुरको ईन्डियन एसोसियसन मैदानमा नेपाली समय अनुसार बिहान सवाँ ७ बजे शुरु हुँदैछ । अघिल्लो चरण पुग्न नेपाललाई जितको विकल्प छैन ।

प्रतियोगिताको एक मात्र अपराजित टोली सिंगापुर समेत नेपाललाई निराश बनाउँदै ग्लोबल छनोटमा स्थान बनाउन चाहन्छ । खेल बराबरी वा बर्षाले प्रभावित भएको अवस्थामा सिंगापुर अघिल्लो चरण प्रवेश गर्नेछ ।

नेपाल समुह चरणको दोस्रो स्थानमा छ । उसले ३ खेलबाट ४ अंक जोडेको छ । शीर्ष स्थानको सिंगापुरको समान खेलबाट ५ अंक छ ।

कुवेतविरुद्व खेल बर्षाले प्रभावित भएपछि सिंगापुरले अंक बाँडेको थियो । नेपालले पहिलो खेलमा कतारसंग अप्रत्यासित हार ब्यहोरेको थियो ।

प्रकाशित मिति : १२ श्रावण २०७६, आइतबार  ८ : ५८ बजे

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँ– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २२ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २२ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २२ गते बिहीबार सन्