वडा कार्यालयमा आगजनी, सामान जलेर नष्ट « Khabarhub

वडा कार्यालयमा आगजनी, सामान जलेर नष्ट


१२ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी- जिल्लाको शिखर नगरपालिका वडा नं ७ बैरकोटमा रहेको पक्की भवन भएको वडा कार्यालयमा गए राति अज्ञात समूहले आगजनी गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक विद्यानन्द माझीले दिएको जानकारीअनुसार अज्ञात समूहले गए राति करीब १ बजेको समयमा वडा कार्यालयमा आगजनी गरेको हो ।

आगजनीबाट वडा कार्यालयमा भएका फर्निचर, काजगात तथा अन्य सरसामान जलेर नष्ट भएको छ । आगजनी किन, कस्ले गर्‍यो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक माझीले बताए । उनले भने, ‘घटनास्थलमा प्रहरी टोली परिचालन भएको छ, किन र कसले आगजनी गर्‍यो अनुसन्धानपछि मात्रै भन्न सकिन्छ ।’

आगजनीबाट उक्त वडा कार्यालयका वडाध्यक्ष तथा वडासचिवको कोठामा भएका सम्पूर्ण सामान जलेर नष्ट भएको वडाध्यक्ष नरबहादुर बलायरले बताए । विप्लव समूहका कार्यकर्ताले आगजनी गरेको हुनसक्ने डोटी प्रहरीको अनुमान छ । अज्ञात समूहको आगजनीपछि उक्त क्षेत्रमा अहिले जिल्ला प्रहरी कार्यालय डोटीसहित नजिकको प्रहरी चौकीबाट ठूलो सङ्ख्यामा प्रहरी टोली परिचालन भएको बताइएको छ ।

जिल्लामा उक्त वडा कार्यालयसहित अज्ञात समूहले बडीकेदार, जोरायल गरी तीन स्थानीय तहका वडा कार्यालयमा आगजनी गरिसकेको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७६, आइतबार  १० : १२ बजे

महाधिवेशनको मुखमा रविलाई ठूलो राहत, सबै अदालतबाट गम्भीर अपराधका मुद्दा फिर्ता

काठमाडौं- पहिलो महाधिवेशनमा होमिनुअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि

सरकारको नीतिले फेरिएको हुलाक सेवा : घरघरमै सरकारी कागजात पुर्याउन यसरी भयो सम्भव

काठमाडौं– सरकारी सेवा नागरिकको घरदैलोमै उपलब्ध गराउने लक्ष्यसहित हुलाक सेवा

श्रीमतीलाई कुटपिट गरेर तीन तलाबाट हामफालेका वृद्धको ज्यान गयो

झापा- यहाँस्थित बिर्तामोड नगरपालिका वडा नम्बर-५ अन्नपूर्ण चोकमा घरायसी विवादका

चितवनमा यसरी हुँदैछ रास्वपा महाधिवेशनको अन्तिम तयारी (तस्बिरहरू)

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक महाधिवेशनको तयारी

मोटरसाइकललाई ट्याक्टरले ठक्कर दिँदा बाबुछोरीको मृत्यु, आमा गम्भीर घाइते

झापा- झापामा ट्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको