२४ घण्टा नहुँदै ‘जजमेन्टल है क्या’ एचडी क्वालिटीमा लिक ! | Khabarhub Khabarhub

२४ घण्टा नहुँदै ‘जजमेन्टल है क्या’ एचडी क्वालिटीमा लिक !


१२ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कंगना रनावतको फिल्म ‘जजमेन्टल है क्या’ यतिबेला रिलिजका क्रममा छ । दर्शकले यो फिल्मलाई लिएर राम्रो प्रतिक्रिया दिएका छन् । फिल्ममा कंगना रनावत र राजकुमार रावको टक्कर देखाइएको छ ।

यो फिल्मले बक्स अफिसमा पनि सकारात्मक प्रतिक्रिया पाएको छ । तर हलमा रिलिज भएको केही दिनमै यो फिल्म एचडी क्वालिटीमै लिक भएको छ । भारतीय मिडियाका अनुसार यो फिल्म रिलिजको केही घण्टामै एचडी क्वालिटीमा लिक भएको थियो ।

तमिलरकर्सले फिल्म लिक गरिदिएपछि यसको व्यापारमा घाटा लाग्ने भएको छ । त्यसो त अन्य फिल्म पनि यसरी नै पाइरेसीको मारमा परेका थिए ।

कंगना रनावतका कारण यो फिल्म लामो समयदेखि चर्चामा थियो । फिल्मको शीर्षकलाई लिएर पनि बबाल मच्चिएको थियो । पहिले फिल्मको नाम ‘मेन्टल है क्या’ थियो । विवाद भएपछि पछि यसको नाम परिवर्तन गरिएको थियो ।

प्रकाशित मिति : १२ श्रावण २०७६, आइतबार  ११ : १४ बजे

म्याग्दीमा उन्मूलन भयो औलो

म्याग्दी– म्याग्दीबाट औलो रोग उन्मूलन भएको छ । नेपालमा दुई

क्यानाडाको आश देखाएर यौन शोषण, बिहेको बहानामा दुबई लगेर बेचियो

काठमाडौं – क्यानाडा पठाइदिने प्रलोभन देखाएर युवतीलाई दुबईमा बेचेको अभियोगमा

नेता किमले गरे मल्टिपल रकेट लन्चरको परीक्षण निरीक्षण

सोल– उत्तर कोरियाका नेता किम जोङ उनले मल्टिपल रकेट लन्चरको

सालझण्डी-ढोरपाटन सडक स्तरोन्नतिमा ढिलासुस्ती

ढोरपाटन– राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी–ढोरपाटन सडकको ट्रयाक खुलेको १३ वर्ष

प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको भेट

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन