खेल हारेपछि पारसको प्रतिक्रिया– आज नेपालको दिन थिएन « Khabarhub

खेल हारेपछि पारसको प्रतिक्रिया– आज नेपालको दिन थिएन


१२ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिंगापुरसँग पराजित भएसँगै टी–२० विश्वकप खेल्ने नेपालको सपना टुटेको छ ।

खेलमा पराजय व्यहोरेसँगै नेपाली टीमका कप्तान पारस खड्काले ‘आज नेपालको दिन नभएको’ प्रतिक्रिया दिएका छन् ।

खेलपछि प्रतिक्रिया दिँदै कप्तान खड्काले सिंगापुरले राम्रो व्याटिङ गरेको बताए । उनले आज नेपालले राम्रो प्रदर्शन गर्न नसकेको बताउँदै भने,‘आज हामीले राम्रो खेलेनौं । उनीहरुले राम्रो खेले, आज हाम्रो दिन थिएन ।’

यसो भने पारसले

सिंगापुरले निकै राम्रो क्रिकेट खेल्यो । उनीहरुले बलिङ र ब्याटिङ दुवै उत्कृष्ट गरे। उनीहरुले ब्याटिङ पिचको सदुपयोग गर्न सके । हामीले जस्तो ब्याटिङ गर्नुपर्ने हो त्यस्तो गर्न सकेनौँ । यो विकेटमा त्यति लक्ष्य भेटाउन सकिने नै हो, तर हामीले गर्न सकेनौँ ।

बलिङमा पनि हामीले राम्रो गर्नुपर्ने थियो । उनीहरुको ब्याटिङ राम्रो हो । हामीले नै ब्याटिङ पिचको फाइदा उठाउन सकेनौँ । विश्वकप खेल्ने योजना छ भने १ सय ९२ रनको लक्ष्य त पूरा गर्नै पर्ने हो । दुर्भाग्य भनौँ आज हाम्रो दिन थिएन । प्रतियोगिता भरि नै हामीले आफ्नो राम्रो क्रिकेट खेल्नै सकेनौँ ।

नेपाली क्रिकेट यहाँसम्म आइपुग्न हामीले धेरै नै मेहनत गरेका हौँ । सिंगापुरका खेलाडीहरु पनि राम्रा देखिएका छन् । उनीहरुले मेहनत बढाउँदै जाँदा अझ बढी सफलता पाउने नै छन् । ग्लोबल क्लालिफायरमा पुगेको सिंगापुरलाई बधाई ।

नेपाल सिंगापुरसँग ८२ रनले पराजित भएको छ । यो पराजयसँगै नेपालको टी ट्वान्टी विश्वकप खेल्ने सपना चकनाचुर भएको छ।

आईसीसी टी(ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको अन्तिम खेलमा नेपाल घरेलु टोली सिंगापुरसँग पराजित भएसँगै नेपाल विश्वकपको ग्लोबल छनोटमा पुग्न असफल भएको हो । सिंगापुर भने फाइनलको विजेता बन्दै ग्लोबल छनोटमा पुगेको छ ।

ईण्डियन एसोसियसन क्रिकेट मैदानमा सिंगापुरले दिएको १९२ रनको फराकिलो लक्ष्य पछ्याएको नेपाल १५ ओभरमा अलआउट हुँदै १०९ रनमा समेटियो ।

उत्कृष्ट सुरुवात गरेपनि मध्येक्रमका ब्याट्सम्यान चल्न नसक्दा नेपाल पराजित भयो । नेपालले २७ रन जोड्दा पहिलो विकेटको रुपमा कप्तान पारस खड्कालाई १२ रनमा गुमाएको थियो । ५४ रन जोड्दा नेपालले ज्ञानेन्द्र मल्ललाई ३९ रनमा गुमाएको थियो । त्यसपछि नेपालको इनिङ्स धरासायी बनेको थियो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले पुरै २० ओभर खेल्दै ६ विकेट गुमाएर १९१ रन बनाएको थियो । खराब सुरुवात गरेपनि रोहन रंगराजन र टिम डाभिडले सिंगापुरको इनिङ्स उकासेका थिए । मात्र १० रन जोड्दा पहिलो विकेट गुमाएको सिंगापुरका लागि रोहन र टिमले दोस्रो विकेटका लागि ८९ रनको साझेदारी गरेका थिए ।

प्रकाशित मिति : १२ श्रावण २०७६, आइतबार  ११ : २९ बजे

सीमा नाकाका विद्युतीय पोलमा राष्ट्रिय झण्डा

रुपन्देही– रुपन्देहीको सीमा नाका बेलहियानाका हुँदै नेपाल आउने पर्यटकलाई राष्ट्रिय

हर्मोन असन्तुलनले चाँडै महिनावारी, झ्याप्प दाह्रीजुँगा

पछिल्लो समयको बदलिँदो खानपान, जीवन शैली र बढ्दो स्क्रिन टाइमले

कांग्रेस सभापति थापा आज सर्लाही जाँदै, कर्मैयामा भेटघाट कार्यक्रम

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आज सर्लाही जाँदै छन्

प्रचण्डलाई झलनाथको चेतावनी– ‘अधिनायकवादी शैली नरोकिए पार्टी फुट्छ’

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले पार्टी

वाणिज्य विभागद्वारा एक फर्मलाई जरिवाना

काठमाडौं– नियमित रुपमा बजार अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,