प्रधानमन्त्री र प्रदेश दुईका मुख्यमन्त्रीबीच भेटवार्ता, के भयो कुराकानी ? « Khabarhub

प्रधानमन्त्री र प्रदेश दुईका मुख्यमन्त्रीबीच भेटवार्ता, के भयो कुराकानी ?


१२ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबाबु राउतबीच भेटवार्ता भएको छ । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री र मुख्यमन्त्री राउतबीच भेटवार्ता भएको हो।

भेटका क्रममा मुख्यमन्त्री राउतले बाढीले प्रदेश नम्बर दुईमा पुर्याएको क्षतिबारे जानकारी गराएका थिए । अषाढ २७ गते आएको भीषण बाढीबाट प्रदेश–२ मा भएको क्षतिबारे संघीय सरकारलाई जाकारी गराउनुका सार्थै सहयोग जुटाउनका लागि भन्दै मुख्यमन्त्रीसहितको सर्वदलीय टोली काठमाडौं आएको हो ।

प्रदेश सरकारले बाढी प्रभावितको उद्धार र राहत तथा भत्किएका संरचना निर्माण गर्न नसकक्ने भन्दै मुख्यमन्त्री राउतले संघीय सरकारले सहयोग गर्नुपर्ने भेटवार्तामा बताएका थिए ।

भेटमा मुख्यमन्त्री राउतले विस्थापित परिवारहरुको पुनर्वास, नदी नियन्त्रण र सडक मर्मत माथि विशेष जोड दिएका थिए ।

जवावमा प्रधानमन्त्री ओलीले केही दिन भित्रै आफुपनि बाढी प्रभावित क्षेत्रको भ्रमण गर्ने र आवश्यक सहयोग गर्ने आश्वासन दिएका थिए ।

भेटमा पूर्व प्रधानमन्त्री पुष्पकमल दहाल, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादव समेतको उपस्थिति थियो भने प्रदेश २ को सर्वदलीय टोलीमा मुख्यमन्त्री राउतसहित भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादव, नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डल, नेपाली कांग्रेस संसदीय दलका नेता राम सरोज यादव सहितकोे सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १२ श्रावण २०७६, आइतबार  ३ : १३ बजे

बागमतीका मुख्यमन्त्री थापाले विश्वासको मत लिँदै

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज विश्वासको मत

मास्टर्नी : ‘कपी’ फिल्म

फिल्म : मास्टर्नीकलाकार : प्रियंका कार्की, आर्यन सिग्देल, प्रमोद अग्रहरी,

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशसभामा विश्वासको मत

प्राचीन बनेपाको धार्मिक पहिचान : १२४ वर्षदेखि ‘कन्या–पूजा’

काभ्रेपलाञ्चोक– प्राचीन, धार्मिक एवं ऐतिहासिक सहर बनेपा । जहाँ १२४

१५ केजी लागूऔषधसहित पाँच महिला पक्राउ

कपिलवस्तु– प्रहरीले कपिलवस्तुको कृष्णनगरबाट लागूऔषधसहित पाँच महिलालाई पक्राउ गरेको छ