तपाईंलाई रिंगटा लाग्छ ? गम्भीर रोगको संकेत हुन सक्छ « Khabarhub

तपाईंलाई रिंगटा लाग्छ ? गम्भीर रोगको संकेत हुन सक्छ


१२ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

धेरैले रिंगटा लाग्नुलाई सामान्यरुपमा लिने गर्दछन् । तपाईंले पनि रिंगटालाई सामान्य रुपले लिने गर्नु भएको होला ? तर यो गम्भीर रोगको कारण पनि हुन सक्छ । त्यसैले रिंगटालाई हेलचक्राइ गर्नुको सट्टा यसको बेलैमा उपचार र कारण पत्ता लगाउन आवश्यक हुन्छ ।

मानिसमा कुनै रोग लागेको छ भने त्यसको कारण रिंगटा लाग्छ । कुनै स्थानमा बसेर उठ्दा शरीर घुमाएको जस्तो हुने, बस्दारहिँड्दा पनि शरीर घुमेको जस्तो हुने, आँखा धमिलो हुने, शरीर कमजोर जस्तो हुनेलगायतका समस्या कुनै न कुनै रोगका लक्षण हुन् ।

विशेषगरी कानको समस्याका कारण मानिसलाई रिंगटा लाग्ने चिकित्सकहरुले बताएका छन् । यसैगरी आँखा, हाडजोर्नीको समस्याका कारण पनि मानिसलाई रिगंटा लाग्ने चिकित्सकहरु बताउँछन् ।

यो रोग लागेको बेला चारैतिरको वस्तु घुमेको जस्तो लाग्छ । रिंगटा कहिलेकाहीं लाग्नु एक सामान्य कुरा हो । तर बेला बेलामा रिंगटा लाग्नु एक साधारण रोग हो । तर यसलाई मामुली सम्झेर गम्भीरतासँग नलिनु ठीक होइन । यो कुनै अन्य गम्भीर रोगको संकेत पनि हुन सक्छ । तसर्थ पहिलोपल्ट रिंगटा लाग्दैमा सचेत हुनुपर्छ । भविष्यमा बारम्बार हुने रोग हो भनेर जानुपर्छ ।

कारण

कारण नभईकन कुनै पनि चीजको उत्पत्ति हुँदैन । यसै प्रकार रिंगटा लाग्नुको पनि आफ्नै कारणहरु छन् । रिंगटा लाग्नुको कारण थुप्रै छन् । यही नै कारण हो भनेर ठोकुवा गर्न गाह्रो छ । रिंगटा लाग्नु कारणमध्ये प्रमुख कारणहरू निम्नलिखित छन् ।

० शरीरमा रक्तसञ्चारको कमी हुनु ।
० एनिमिया रोग भई शरीरमा रगतको कमी हुनु ।
० ब्लडप्रेसरमा कमीरबेसी हुनु ।
० अत्यधिक शारीरिक या मानसिक थकान हुनु ।
० भयभीत हुनु । मानसिक तनावमा रहनु ।
० टाउकोमा कुनै प्रकारको चोट लाग्नु ।
० हर्ट ब्लोकेज तथा मुटुको धड्कनमा असामान्यता आउनु ।
० आँखाको दृष्टि कमजोर हुनु । चश्मा नलगाउनु ।
० मस्तिष्कमा रगतको कमी हुनु । नशा फाट्नु । ब्रेनहेमरेज, ब्रेन ट्युमर हुनु ।
० एलोप्याथिक औषधिको साइड इफेक्ट्सका साथै एलर्जी हुनुका साथ रिंगटा लाग्ने हुन सक्छ ।
० माइग्रेन आधी टाउको दुख्नु ।
० ब्रत बराबर बस्नाले पनि शरीरलाई कमजोर बनाउँछ तथा ग्यास्ट्रिक समस्या उत्पन्न भई रिंगटा लाग्नु ।
० रक्सीजस्तो नशा लाग्ने पेयपदार्थ धेरै खानु ।
० शरीरबाट कुनै कारणवश रक्तको स्राव अत्यधिक हुनु । पखाला तथा बान्ताबाट अत्यधिक फ्लुड बाहिर निस्कनु ९डिहाइड्रेसन० हुनु । आदि ।

यी विभिन्न कारणहरूले गर्दा यस रोगबाट पीडित व्यक्तिलाई बस्दा, हिंड्दा, उठ्दा, सुत्दा, ओल्टे(कोल्टे फर्किंदा, टाउको घुमाउँदा, तलमाथि हेर्दा, आँखा खोल्दा, शरीरलाई चलाउँदासमेत विभिन्न विभिन्न अवस्था समयमा व्यक्तिलाई रिंगटा लागेर आउँछ, त्यस अवस्थामा व्यक्ति स्वयंले आफूलाई कुनै परिस्थितिरअवस्था या उसलाई सहज हुन्छ, त्यस अवस्थामा आफूलाई राख्दछ ।

लक्षण

रिंगटा लाग्ने रोगमा प्रायः बिरामीमा देखिने लक्षणहरु निम्नलिखित छन् ।
० शरीर हल्लेको अनुभव हुनु ।
० आँखाको अगाडि अँध्यारो छाउनु ।
० टाउको घुम्नु । आँखा खोल्न नहुनु ।
० अनुहार पहेँलो, फिक्का तथा शरीर चिसो हुनु ।
० कमजोरीको अनुभव हुनु । चक्कर लागेर लड्नु ।
० शरीरमा शून्यता महसुस हुनुका साथै उल्टी आउनु ।
० बोल्नमा कठिनाइ हुनुरइसाराले संकेत दिनु ।
० कानमा एक किसिमको आवाज आउनु ।

यसप्रकारका लक्षणहरू देखिन्छन् भने छारे रोगमा पनि रिंगटा लागेर कराएर बेहोस हुने लक्षण देखिन्छ । यी दुवै रोगमा भिन्नता छ । छारे रोग मस्तिष्कको न्युरोमा हुने गडबडीले गर्दा हुन्छ भने सामान्य रिंगटा बायोलोजिकलरफिजिलोजिकल तथा साइकलोजिकल यी तिनै कारकतत्त्व हुन्छन् ।

के गर्ने ?

यदि बारम्बार रिंगटा लाग्छ भने
० एक्लै घुम्न नजाने । सहयोगी साथमा लिएर मात्र हिंड्ने ।
० अग्लो, होचो तथा अँध्यारो, चिप्लो बाटोमा नहिँड्ने ।
० चिया, कफी, बिंडी, सिगरेट, गुट्खा, खैनी, तम्बाकु तथा रक्सीको सेवन नगर्ने ।
० साइकल, स्कुटर, बाइक, कार नचलाउने ।
० बाल्कोनी या कुनै अग्लो ठाउँबाट तल नहेर्ने ।
० धेरै बेरसम्म एउटै वस्तुलाई हेरिनराख्ने ।
० कठिन शारीरिक या मानसिक परिश्रम नगर्ने ।
० आगोरपोखरीबाट टाढै रहने ।
० खोला तर्न छोडदिने ।
० यस रोगबाट पीडित व्यक्तिले उपरोक्त कुरालाई ध्यानमा राखेर हिंड्यो भने स्वस्थ हुनुको साथै विभिन्न दुर्घटना हुनबाट पनि बचाउ हुन सक्छ ।

रोग निवारणमा सहायक उपाय

रिंगटा लाग्नेबित्तिकै तुरुन्तै छेउछाउमा भएका वस्तु व्यक्तिको स्पोर्ट लिने तुरुन्तै बस्ने । सुविधा भए ओछ्यानमा सुत्ने र आँखा बन्द गर्ने । सुत्ने कोसिस गर्ने, निद्रा लाग्यो भने पर्याप्त सुत्ने । नियमित रूपमा योग, ध्यान, प्राणायाम तथा अनुकूलअनुसार व्यायाम गर्ने । बिहान घुम्न जाने ।
मधुमेह नियन्त्रणमा राख्ने । रगतको कमी एनिमिया भएमा औषधि गराउने, टाउकोमा बादामको तेलले मालिस गर्ने । आँखा कमजोर भए डाक्टरको सल्लाह लिई उचित नम्बर प्लस माइनसको चस्मा लगाउने ।

आँखा डेढो०भएमा, गर्दनको नशामा केही समस्या, फिजियोथेरापी भौतिक चिकित्सकको सल्लाह लिएर कसरत एक्सरसाइज गर्ने । उपरोक्त कुराहरू सहायक उपाय मात्र हुन् । रोगको अवस्था गम्भीर भए तुरुन्त चिकित्सकलाई भेट्ने ।

शुद्ध सात्विक, हल्का सजिलैसित पच्न सक्ने खालको खाना खाने । समयमा खाने । कमजोरी भएर रिंगटा लागेको हो भने एक गिलास दूधमा, पानीमा ग्लुकोज मिलाएर पिउने । गर्मीले गर्दा रिंगट लागेको हो भने अम्बलाको या बेलको सर्वत पिउने ।

घिउमा ५० ग्राम काजु हल्का सेकाएर अलिकति नुन मिलाएर दिनमा ३/४ पटक खाने ।

एक चम्चा रस तुलसीकोमा ३ वटा कालो मरिच पिँधेर मिसाउने अनि बिहान र बेलुकी खाने ।

औषधि उपचार

रिंगटा लाग्नुको कारणलाई पत्ता लगाएर उपचार गर्ने हो भने यस रोगको उपचार स्थायी रूपले गर्न सकिन्छ । होमियोपेथिक उपचारमा रोगीको मानसिक एवं शारीरिक लक्षणहरुलाई मध्यनजर राखेर समष्टिगत लक्षणको आधारमा रोगीको उपचार गरिन्छ ।

प्रकाशित मिति : १२ श्रावण २०७६, आइतबार  ३ : २७ बजे

‘मौन अवधि’ के हो ? मौन अवधि उल्लङ्घन भए के कारबाही हुन्छ ?

काठमाडौं– आसन्न प्रतिधिसिभा सदस्य निर्वाचनअन्तर्गत राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसारको

कुवेतमा एकसाथ कयौँ अमेरिकी लडाकु विमान खसे

कुवेत- कुवेतमा एकसाथ कयौँ अमेरिकी लडाकु विमान खसेको समाचार आएको

अफगानिस्तानद्वारा पाकिस्तानका प्रमुख सैन्य अड्डाहरूमा आक्रमण

एजेन्सी– अफगानिस्तान र पाकिस्तान बिच बढ्दो सीमापार तनावको बीचमा, अफगानिस्तानको

मोदी बोलाएर युद्ध नहुने सन्देश दिइरहेको थियो इजरायल, वार्ताका नाममा इरानलाई ‘धोका’

नयाँदिल्ली- इजरायलले प्रधानमन्त्री नरेन्द्र मोदीलाई बोलाएर भारतलाई धोका दिएको चर्चा

रास्वपाको स्पष्टीकरण : हामीले प्रचारमा लगेको गाडीको मदिराको कार्टुन अर्कैको हो

सल्यान– राष्ट्रिय स्वतन्त्र पार्टी, बन्गाड कुपिण्डे नगर समितिले चुनाव प्रचारमा