आगामी भदौबाट निगमले काठमाडौं–ओसाका सिधा उडान गर्ने, नयाँ गन्तव्यका लागि तीव्र तयारी | Khabarhub Khabarhub

आगामी भदौबाट निगमले काठमाडौं–ओसाका सिधा उडान गर्ने, नयाँ गन्तव्यका लागि तीव्र तयारी


१२ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले अन्तर्राष्ट्रिय गन्तव्य विस्तारको योजनाअनुसार अबको ठीक एक महीनाभित्रै जापानको ओसाका उडान गर्ने भएको छ ।

पूर्वनिर्धारित योजनाअनुरूप निगमले भदौ १२ गतेदेखि काठमाडौँ–ओसाका सिधा नियमित उडान गर्ने तयारी गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ओसाका कान्साइ अन्तर्राष्ट्रिय विमानस्थलमा साताको तीन दिन सोमबार, शुक्रबार र बुधबार उडान गर्नेछ ।

ओसाकापछि जापानकै नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा पनि उडान भर्ने निगमको योजना छ । जापानकै अर्को मुख्य गन्तव्य नारिता अन्तर्राष्ट्रिय विमानस्थमा उडान गर्ने प्रक्रिया अघि बढाएको छ । जापानपछि सकेसम्म दशैँअघि नै चीनका विभिन्न गन्तव्य तथा साउदी अरेबियाको रियादमा उडान गर्ने निगमले जनाएको छ । त्यस्तै दक्षिण कोरियाको सिओलमा पनि उडान गर्ने योजनाका साथ प्रक्रिया अघि बढाएको छ ।

निगमका प्रवक्ता गणेशबहादुर चन्दले ओसाका निगमको प्रतिष्ठासँग जोडिएको विषय रहेको भन्दै निर्धारित तालिकामै काठमाडौँ–ओसाका उडान हुने जानकारी दिए । ‘यो निगमको प्रतिष्ठासँग जोडिएको विषय हो, बजारको हल्लाभन्दा पनि निगमले व्यापार गर्नैपर्ने बाध्यता छ’, उनले भने ।

अनेकन बाधा र अप्ठ्याराबीच सफलताको कडी खोज्दै निगम यतिखेर संस्थाको प्रतिष्ठालाई उँचो बनाउन लागिपरेको निगमले जनाएको छ ।

निगमले छिमेकी मुलुक चीनका विभिन्न गन्तव्यमा उडान गर्नका लागि आवश्यक पहल गरिरहेको छ । चीनको गोञ्जाओ उडानका लागि आवश्यक सबै कागजी प्रक्रिया पूरा भइसकेको भए पनि चिनियाँ पक्षले केही आलटाल गरिरहेको बताइन्छ ।

चीनको गन्तव्यमा सकेसम्म दशैँ अगाडि नै उडान गर्ने योजना बनाएको भए पनि चीनको सिभिल एभिएसनले निगमको ‘सेफ्टी अडिट’ गर्ने भन्दै समय मागेकाले केही विलम्ब भएको निगमका प्रवक्ता चन्दले बताए । अडिटका लागि चिनियाँ टोली अक्टोबर महिनामा नेपाल आउनेछ ।

‘हामीले दशैँअघि नै चीन उडान गर्ने तयारी गरेका थियौँ, चिनियाँ पक्षले सेफ्टी अडिटको समय फेर्दा ढिलाइ हुन गएको छ’, प्रवक्ता चन्दले भने।

युरोपेली सङ्घ (इयू) को सुरक्षा चासोलाई देखाएर चीनले अडिट गर्ने भनेपछि निगमले पनि अडिटको आवश्यक तयारी गरेको निगमका सहायक प्रवक्ता नवराज कोइरालाले बताए । अडिटका लागि निगमका विज्ञ राजुबहादुर केसीको नेतृत्वमा पाँच सदस्यीय टोली गठन गरिएको छ ।

इयूको मापदण्ड नेपालको सिभिल एभिएसनस्तरकै हुने र त्यो मापदण्ड निगमले पूरा गरिसकेकाले अडिटको सामना गर्न समस्या नहुने स्पष्ट पारे ।
चिनियाँले निगमको उडान सञ्चालन र इञ्जिनीयरिङ विभागको अडिट गर्ने जनाएको छ । चीन नेपालका लागि उपयुक्त स्रोत बजार मानिन्छ ।

चीनबाट सन् २०१८ मा एक लाख ५३ हजार ६३३ पर्यटक आएका थिए । नेपाल पर्यटन बोर्डका अनुसार जापानबाट सन् २०१८ मा २९ हजार ८१७ पर्यटन नेपाल आएका छन् । सन् २०१७ मा २७ हजार ३२६ पर्यटक नेपाल भ्रमणमा आएका थिए ।

निगमले साउदी उडानको पनि तयारी गरेको छ । आगामी अक्टोबर महिनासम्म रियाद विमानस्थलमा जहाज उडान गर्ने योजनाका साथ आवश्यक तयारी भइरहेको सहायक प्रवक्ता कोइरालाले जानकारी दिए । यो गन्तव्यमा निगमले साताको तीन दिन (सोमबार, बुधबार र शुक्रबार) उडान गर्नेछ ।

निगमले अहिले भारतको नयाँदिल्ली, बैङ्लोर, मुम्बई, मलेशिया, सिङ्गापुर, बैंकक र कतारमा उडान भर्दै आएको छ । निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि हाल दुई वाइडबडी ए–३३० जहाज, दुई न्यारो बडी ए–३२० जहाज छन् ।

प्रकाशित मिति : १२ श्रावण २०७६, आइतबार  ५ : ४८ बजे

अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन जाने उसु खेलाडीको बिदाई

काठमाडौं– चीनमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन २० सदस्यीय

एमाले महाधिवेसन प्रतिनिधि सम्मेलन (फोटोफिचर)

काठमाडौंं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुरु

राष्ट्रिय महिला टिमका ६ क्रिकेटरले मलेसियामा सुपर कप खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ क्रिकेटरले मलेसियाको सुपर

बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द

राँझा– बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५