पूर्वसभामुख महराविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस हुँदै « Khabarhub

सुन तस्करी प्रकरण

पूर्वसभामुख महराविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस हुँदै


२८ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्व सभामुख कृष्ण बहादुर महराविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस सुरु हुँदैछ ।

भेपमार्फत सुन तस्करीको कसूरमा महराविरुद्ध सोमबार सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा अभियोग पत्र अदालतमा दर्ता गरेको थियो ।

उनीविरुद्ध ८ करोड ५५ लाख बिगो र ३ वर्ष कैद सजाय माग दाबी गरिएको छ । 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आइतबार महरालाई ललितपुरको खुमलटारबाट पक्राउ गरेको थियो ।

महराविरुद्ध २०७९ पुस १० मा चिनियाँ नागरिक ली हासोङ्गले इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर ल्याएको सुन तस्करीमा संलग्न रहेको अभियोग छ ।

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  १० : ०८ बजे

दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि अस्पतालका

मनसुनजन्य विपद्‍बाट बेनीमा करोडौँको क्षति, २४२ घर पुनर्निर्माण गर्नुपर्ने

म्याग्दी– यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको बेनी नगरपालिकामा २४२ निजी

ब्राण्ड बन्यो जुम्ली स्याउ (तस्बिरहरू) 

काठमाडौँ – कुनै समय बजारसम्म पुर्‍याउने बाटो नहुँदा बोटमै कुहिएर

जग्गा भाडामा लिएर सयपत्री खेती

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित बिजौरी साना किसान कृषि सहकारी

लागूऔषधसहित १४ जना पक्राउ

काठमाडौँ–  नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित