बालुवाटार जग्गा प्रकरणमा मुछिएका कांग्रेस नेता श्रेष्ठले गरे आत्महत्या « Khabarhub

बालुवाटार जग्गा प्रकरणमा मुछिएका कांग्रेस नेता श्रेष्ठले गरे आत्महत्या


१२ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री निवासको सरकारी जग्गा प्रकरणमा मुछिएका युक्तप्रसाद श्रेष्ठले आत्महत्या गरेका छन्।

माछापोखरीस्थित सपिङ मलको सातौं तलाबाट हामफालेर उनले आइतबार आत्महत्या गरेका हुन्। अवकाश प्राप्त नायब सुब्बा उनी पर्वत कांग्रेसका नेता समेत हुन्। महानगरीय प्रहरी वृत्त बालाजुले उनको आत्महत्या पुष्टि गरेको हो ।

घटना लगत्तै प्रहरीले श्रेष्ठलाई तत्काल उपचारका लागि पिपुल्स अस्पताल लगेको थियो। अस्पतालले उनलाई मृत घोषणा गरेको थियो । सपिङ मलमा किनमेलका लागिभन्दा पनि उनी आत्महत्याका लागि सातौं तलामा गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

उनी ललितानिवास परिसरको सरकारी जग्गा सत्ता, शक्ति र पदको दुरुपयोग गरी निजी बनाउने कार्यमा संलग्न रहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानिबन दायरामा थिए । मालपोत कार्यालय डिल्लीबजारमा कार्यरत रहँदा फाइल खडा गर्ने लगायतका काममा श्रेष्ठको संलग्नता भेटिएको थियो।

प्रकाशित मिति : १२ श्रावण २०७६, आइतबार  ६ : २७ बजे

अबको समय पार्टी निर्माणमा जुट्नुपर्छ : कांग्रेस प्रवक्ता चालिसे

काठमाडौँ– नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले अबको समय पार्टी निर्माणमा

योगेशको अभिव्यक्तिमा शंकरको आशंका : अधुरो अंश मात्र सम्प्रेषण भयो की ?

काठमाडौँ– नेकपा एमालेका महासचिव शंकर पोखरेलले योगेश भट्टराईको महासचिवले जिम्मेवारी

कुर्था-जनकपुर-जयनगर रेल्वे सेवा (तस्बिरहरू) 

जनकपुरधाम– कुर्था–जनकपुर–जयनगर रेल्वे सञ्चालनमा आए सँगै जनकपुर र नेपाल भारत

चितवनको माडी नगरपालिकाद्वारा भूमि बर्गीकरण

चितवन– चितवनको माडी नगरपालिकाले पालिका भित्र रहेको भूमिको बर्गीकरण गरेको

उद्यमीलाई बिनाधितो ऋण

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकाले उद्यमीलाई