नेकपा सप्तरीको गठनमा असन्तुष्ट पक्षले दियो चेतावनी | Khabarhub Khabarhub

नेकपा सप्तरीको गठनमा असन्तुष्ट पक्षले दियो चेतावनी


१२ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राजविराज– नवगठित नेकपा सप्तरीको गठन प्रक्रियाप्रति तत्कालिन नेकपा माओवादी केन्द्रका केही नेता कार्यकर्ताहरुले असन्तुष्टि प्रकट गरेका छन् ।

जिल्ला कमिटी गठन भएको करिव १ महिना बित्न लाग्दा तत्कालिन माओवादी केन्द्रका नेताहरुले नवगठित कमिटीमा योग्य र पुराना नेता कार्यकर्ताहरुलाई छुटाएको अरोप लगाएका छन् ।

कुल १६५ सदस्यीय कमिटीमा अध्यक्षसहित तत्कालीन नेकपा माओवादी केन्द्रको भागमा ८१ सदस्यीय र सचिव सहित तत्कालीन नेकपा एमालेको भागमा ८४ सदस्य परेको नेकपा स्रोतले जनाएको छ ।

नेकपा सप्तरी गठन गर्दा सप्तरीका सिनियर नेता तथा जनयुद्धको क्रममा जेलनेल र यातना भोगेकाहरुलाई पाखा लगाइएको उनीहरुले आरोप लगाएका छन् ।

नेकपाका प्रदेश कमिटी सदस्यद्वय देवनाथ यादव र भागवत यादवले आईतवार पत्रकार सम्मेलन गरी पुराना नेताहरुको सामूहिक राजनीतिक हत्या गरी पार्टीको सदस्य नै नभएकाहरुलाई जिल्ला कमिटीमा समावेश गरिएको भन्दै आक्रोश पोखेका छन् । दुवै जना माओवादी केन्द्रका तत्कालीन राज्य समिति सदस्य हुन् ।

निश्चित विधि र मापदण्ड अपनाई तत्कालीन नेकपा माओवादी केन्द्रको तर्फबाट जिल्ला कमिटीमा परेकाहरुको फेरबदल नगरिए पार्टीभित्रै संघर्ष गर्ने चेतावनी समेत उनीहरुले दिएका छन् ।

तत्कालिन नेकपा माओवादी केन्द्रको प्रदेश र केन्द्रको जिम्मेवारीमा रहेका नेताहरुलाई सप्तरी जिल्ला कमिटी गठनमा गरिएको पक्षपातको जानकारी गराई सकिएको भन्दै देवनाथ यादवले भने, ‘कमिटी पुनर्गठन नभए वैधानिक रुपमा पार्टी भित्रै संघर्ष गर्नेछौं । ’ दुई पार्टी बिचको एकीकरणमा जनताले यतिबेला साथ दिएपनि पार्टीभित्र अन्तरविरोध भए प्राप्त जनसमर्थन समेत गुम्ने खतरा रहेको समेत उनले बताए ।

उनीहरुका अनुसार नवगठित कमिटीमा दर्जनबढी तत्कालीन माओवादी केन्द्रको सदस्य नै नभएकाहरु कमिटीमा परेका छन् । भूमिगत कालदेखि पार्टीमा सक्रिय रहेका देवराम यादव, गोपाल गुप्ता, पवन यादव, उमेश मण्डल, ज्ञानेन्द्र घिमिरे, वलवहादुर महतो, सहिद पत्नी कविता ठाकुर, दानालाल चौधरी लगायतका महत्वपुर्ण नेताहरु कमिटीमा नअटाईएको उनीहरुको आरोप छ ।

पार्टीको सदस्य नै नभएका माला कर्ण, राहुल मण्डलसहित एक दर्जन बढी गैरसदस्यहरु कमिटीमा पारिएको उनीहरुको आरोप छ ।

यसैगरी नवगठित कमिटीमा तत्कालीन नेकपा एमालेका जिल्ला उपाध्यक्ष अब्दुल मजिद शाकिर, जिल्ला कमिटी सदस्य राजेन्द्र साहसहित करिब २० जना सदस्यहरु नअटाएको स्रोतले जनाएको छ । पार्टीको विधानअनुसार जिल्ला कमिटी सदस्य हुनका लागि योग्यता नै नपुगेका करिब १० जना नयाँ सदस्य एमालेबाट थपिएको स्रोतको दावी छ ।

जिल्ला कमिटिमा नअटाएका तत्कालिन उपाध्यक्ष अवदुल मजिद साकिर नेतृत्वको समूहले भने निर्णय प्रक्रिया नसच्चिएसम्म जिल्ला कमिटीको सपथ ग्रहण नै बहिस्कार गर्ने चेतावनी दिएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७६, आइतबार  ८ : ०७ बजे

आज २०८१ साल वैशाख ७ गते शुक्रबारको राशिफल

काठमाडौँ – आज २०८१ साल वैशाख ७ गते शुक्रबार तदनुसार

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना