प्रदेश पर्यटन विधेयक प्रमाणीकरण « Khabarhub

प्रदेश पर्यटन विधेयक प्रमाणीकरण


१२ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

व‍िराटनगर- प्रदेश नं– १ का प्रदेश प्रमुख प्रा डा गोविन्दबहादुर तुम्बाहाङले ‘प्रदेश पर्यटन विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधवेयक, २०७६’ आज प्रमाणीकरण गरेका छन् ।

प्रदेश १ को पर्यटन प्रवर्द्धनका लागि आवश्यक कानूनको अभाव खड्किरहेको बेला प्रदेशसभाबाट पारित विधेयक प्रमाणीकरण भएको हो । उक्त विधेयक प्रमाणीकरणपछि प्रदेश सरकारलाई धार्मिक, सांस्कृतिक र अन्य महत्वपूर्णस्थलको विकास गर्न बाटो खुला भएको छ ।

प्रदेश प्रमुखका प्रेस सल्लाहकार शेखर रेग्मीका अनुसार उक्त विधेयकसहित प्रदेश १ मा ३४ विधेयक प्रमाणीकरण भइसकेका छन् ।प्रदेशसभा नियमावली, २०७४ को नियम १०८ बमोजिम यही असार २९ गते बसेको चौंथो तथा बजेट अधिवेशनको २४औं बैठकले विधेयक पास गरेको थियो ।

प्रदेश प्रमुखले प्रदेशसभाबाट पारित भई आएको सो विधेयक संविधानको धारा २०१ को उपधारा २ बमोजिम प्रमाणीकरण गरेको रेग्मीले बताए ।

प्रकाशित मिति : १२ श्रावण २०७६, आइतबार  ८ : ४८ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन