भियतनाममा १२५ किलो गैंडाको खाग बरामद « Khabarhub

भियतनाममा १२५ किलो गैंडाको खाग बरामद


१२ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हनोई– भियतनाममा १२५ किलो गैँडाको खाग बरामद गरिएको छ । संयुक्त अरब इमिरेट्स यूएईबाट एत्तिहाद एअरको कार्गो विमानमार्फत् भियतनाम ल्याइएको गैँडाको खाग राजधानी हनोईस्थित नोई बाई विमानस्थलमा बरामद गरिएको भियतनामी अधिकारीले जनाएका छन् ।

ती खाग सिमेन्टले प्लाष्टर गरेको अवस्थामा बरामद गरिएको त्यहाँको भन्सार निकायले जनाएको छ ।

हाल दक्षिणपूर्वी एशियाली मुलुकहरुमा गैँडाको खाग, हात्तिको दाँत, सालकको खपटा लगायतका वन्यजन्तुजन्य वस्तुहरु बरामद हुन थालेका छन् । केही दिनअघिमात्र भियतनाममै लाओसबाट लुकाएर ल्याइएको बाघको जमेको लाससँगै ३ जनालाई पक्राउ गरिएको थियो ।

सिङ्गापुरमा पनि गत साता भियतनामतर्फ लैजान लागिएको ८.८ टन अफ्रिकी हात्तिको दाँत बरामद गरिएको थियो ।

पूर्वी तथा दक्षिणपूर्वी एशियाली मुलुकमा यस्ता वस्तुको औषधीय गुण रहेको विश्वास गरिन्छ ।

भियतनाममा यस्ता वस्तुको कारोबार तथा प्रयोग अवैध रहेपनि पछिल्ला केही वर्षयता वन्यजन्तुका बहुमूल्य वस्तुको तस्करी बढ्दै गएको बताइन्छ ।

प्रकाशित मिति : १२ श्रावण २०७६, आइतबार  ८ : ४३ बजे

गृहमन्त्री सुधन गुरुङ र भारतीय समकक्षी अमित शाहबीच भेटवार्ता

काठमाडौं- गृहमन्त्री सुधन गुरुङ र भारतीय समकक्षी अमित शाहबीच भेटवार्ता

नेपाल–दक्षिण अफ्रिका व्यापार तथा लगानी विस्तारबारे छलफल

काठमाडौँ-  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र नेपालका लागि गणतन्त्र

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगरबस

राँझा– नेपालगञ्ज उपमहानगरपालिकाले नगरवासीको सहजताको लागि खरिद गरेका करोडौँ मूल्यका

ओमनविरुद्ध नेपालको सहज जित

काठमाडौँ- आईसीसी पुरुष विश्वकप लिग लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको आफ्नो

‘प्रधानमन्त्रीको भारत भ्रमणमा दोहोरो करबारे छलफल हुनुपर्छ’

नेपाल र भारतको विषयमा विमर्श गर्दा भारत नेपालको सबैभन्दा ठूलो