भियतनाममा १२५ किलो गैंडाको खाग बरामद « Khabarhub

भियतनाममा १२५ किलो गैंडाको खाग बरामद


१२ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हनोई– भियतनाममा १२५ किलो गैँडाको खाग बरामद गरिएको छ । संयुक्त अरब इमिरेट्स यूएईबाट एत्तिहाद एअरको कार्गो विमानमार्फत् भियतनाम ल्याइएको गैँडाको खाग राजधानी हनोईस्थित नोई बाई विमानस्थलमा बरामद गरिएको भियतनामी अधिकारीले जनाएका छन् ।

ती खाग सिमेन्टले प्लाष्टर गरेको अवस्थामा बरामद गरिएको त्यहाँको भन्सार निकायले जनाएको छ ।

हाल दक्षिणपूर्वी एशियाली मुलुकहरुमा गैँडाको खाग, हात्तिको दाँत, सालकको खपटा लगायतका वन्यजन्तुजन्य वस्तुहरु बरामद हुन थालेका छन् । केही दिनअघिमात्र भियतनाममै लाओसबाट लुकाएर ल्याइएको बाघको जमेको लाससँगै ३ जनालाई पक्राउ गरिएको थियो ।

सिङ्गापुरमा पनि गत साता भियतनामतर्फ लैजान लागिएको ८.८ टन अफ्रिकी हात्तिको दाँत बरामद गरिएको थियो ।

पूर्वी तथा दक्षिणपूर्वी एशियाली मुलुकमा यस्ता वस्तुको औषधीय गुण रहेको विश्वास गरिन्छ ।

भियतनाममा यस्ता वस्तुको कारोबार तथा प्रयोग अवैध रहेपनि पछिल्ला केही वर्षयता वन्यजन्तुका बहुमूल्य वस्तुको तस्करी बढ्दै गएको बताइन्छ ।

प्रकाशित मिति : १२ श्रावण २०७६, आइतबार  ८ : ४३ बजे

कार्यकर्तासँग ओलीले भने- ७० प्रतिशत भोट ल्याएर चुनाव जित्छौँ 

दमक– नेकपा एमालेका अध्यक्ष केपी शर्माले ७० प्रतिशत मत ल्याएर निर्वाचनमा

इरान-अमेरिका तनाव चर्कियो

एजेन्सी – इरानमा विरोध प्रदर्शनमाथि भएको कडा दमनको पृष्ठभूमिमा इरानका

विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन

काठमाडौं– पत्रकार विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन भएको छ

सिबिफिनको अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ नियुक्त

काठमाडौं– बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन)को अध्यक्षमा हिमालयन

सुनसरीका चारैजना उम्मेदवारसँग छलफलमा बालेन  

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले सुनसरीका