हवाई यात्रामा जेष्ठ नागरिकलाई ५० प्रतिशत छुट | Khabarhub Khabarhub

हवाई यात्रामा जेष्ठ नागरिकलाई ५० प्रतिशत छुट


११ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई आन्तरिक हवाई यात्रामा ५० प्रतिशत छुटको व्यवस्था गर्ने भएको छ ।

आफ्नो एक वर्षे कार्ययोजना सार्वजनिक गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेका हुन् ।

उनले वायुसेवा सञ्चालक कम्पनीहरूसँग छलफल गरी सरकारले ज्येष्ठ नागरिकलाई हवाई यात्रामा यस्तो सुविधा उपलब्ध गराउन लागेको जानकारी दिए । उनले अब छिटै लागू हुने प्रतिबद्धता व्यक्त गरे । यसैगरी, उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र सम्माननीय उपाधि प्राप्तलाई मात्र सवारी साधनसहित प्रवेश दिइने बताए ।

राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुखलाई सम्बोधन गर्दा सम्माननीय भनिन्छ भन्दै अब सम्माननीय उपाधि प्राप्तबाहेकलाई यस्तो व्यवस्था नहुने नीति लिइने बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २४ घण्टा नै सञ्चालन योग्य बनाउने, नेपाल वायुसेवा निगमलाई सुधार्नेलगायत केही महत्वाकांक्षी योजनासहित आफ्नो कार्ययोजना सार्वजनिक गरेका मन्त्री भट्टराईले भने, ‘मुलुकको पर्यटन विकासमा सबैको सहकार्य हुनुपर्छ ।’

चालू आर्थिक वर्ष २०७६/७७ मा मन्त्रालय र मन्त्रालयअन्तर्गतका नियकाबाट हुने कामको सूची सार्वजनिक गर्दै उनले पशुपतिनाथको मन्दिरको आरती युट्युबबाट लाइभ गर्ने योजना पनि सुनाए । यसैगरी, उनले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रूपमा मनाउने र २० लाख पर्यटक भित्र्याउने लक्ष्यलाई सहयोग हुनेगरी केही कार्यक्रम घोषणा गरे ।

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार  ७ : १४ बजे

कतारले अस्थायी रुपमा बन्द गर्‍यो आफ्नो हवाई क्षेत्र

काठमाडौं – इरान र अमेरिकाबीचको सैन्य तनाव चुलिँदै गइरहेका बेला

इरानद्वारा कतारस्थित अमेरिकी सैन्य बेसमाथि आक्रमण

काठमाडौं – इरानले कतारस्थित अमेरिकी सैन्य बेसमाथि हमला सुरू गरेको

शिक्षकसँग भएका सम्झौतालाई समावेश गरेर मात्र शिक्षा ऐन आउँछः मन्त्री पन्त

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विभिन्न सरकारका

मन्त्रिपरिषद् बैठक : सशस्त्रका दुई डीआईजीको पदावधि थप्ने निर्णय

काठमाडौं – सरकारले सशस्त्र प्रहरी बलका दुई नायब महानिरीक्षक (डीआईजी)को

क्षेत्रगत कर्जा बिस्तारमा राष्ट्र बैंकको लचिलो नीति

काठमाडौं – क्षेत्रगत कर्जा विस्तारमा नेपाल राष्ट्र बैंकले लचिलो नीति