हवाई यात्रामा जेष्ठ नागरिकलाई ५० प्रतिशत छुट « Khabarhub

हवाई यात्रामा जेष्ठ नागरिकलाई ५० प्रतिशत छुट


११ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई आन्तरिक हवाई यात्रामा ५० प्रतिशत छुटको व्यवस्था गर्ने भएको छ ।

आफ्नो एक वर्षे कार्ययोजना सार्वजनिक गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेका हुन् ।

उनले वायुसेवा सञ्चालक कम्पनीहरूसँग छलफल गरी सरकारले ज्येष्ठ नागरिकलाई हवाई यात्रामा यस्तो सुविधा उपलब्ध गराउन लागेको जानकारी दिए । उनले अब छिटै लागू हुने प्रतिबद्धता व्यक्त गरे । यसैगरी, उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र सम्माननीय उपाधि प्राप्तलाई मात्र सवारी साधनसहित प्रवेश दिइने बताए ।

राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुखलाई सम्बोधन गर्दा सम्माननीय भनिन्छ भन्दै अब सम्माननीय उपाधि प्राप्तबाहेकलाई यस्तो व्यवस्था नहुने नीति लिइने बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २४ घण्टा नै सञ्चालन योग्य बनाउने, नेपाल वायुसेवा निगमलाई सुधार्नेलगायत केही महत्वाकांक्षी योजनासहित आफ्नो कार्ययोजना सार्वजनिक गरेका मन्त्री भट्टराईले भने, ‘मुलुकको पर्यटन विकासमा सबैको सहकार्य हुनुपर्छ ।’

चालू आर्थिक वर्ष २०७६/७७ मा मन्त्रालय र मन्त्रालयअन्तर्गतका नियकाबाट हुने कामको सूची सार्वजनिक गर्दै उनले पशुपतिनाथको मन्दिरको आरती युट्युबबाट लाइभ गर्ने योजना पनि सुनाए । यसैगरी, उनले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रूपमा मनाउने र २० लाख पर्यटक भित्र्याउने लक्ष्यलाई सहयोग हुनेगरी केही कार्यक्रम घोषणा गरे ।

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार  ७ : १४ बजे

चितवनमा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु

चितवन– चितवनको भरतपुर महानगरपालिका–२३ बेलहट्टामा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु भएको

पातपतिङ्गरबाट प्राङ्गरिक मल

गोरखा– गोरखाको चारवटा सामुदायिक वन समूहले वनजङ्गलमा कुहिएर खेर गइरहेको

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

नवलपरासी– नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा नेपालमै पहिलोपटक बाँदरलगायत

विश्वकप सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्को भिड्ने

काठमाडौँ – विश्वकप २०१६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र

यी भूभागमा ठूलो वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल