४८ वटा नेपाल जत्रो ‘अमेजन जंगल’मा आगो लागेपछि… « Khabarhub

४८ वटा नेपाल जत्रो ‘अमेजन जंगल’मा आगो लागेपछि…


११ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

एजेन्सी–विश्वको सबैभन्दा ठूलो अमेजन जंगलमा एक सातादेखि आगलागी भइरहेको छ । आगलागीका कारण दक्षिण ब्राजिलका सहर धुवाँले ढाकिएका छन् ।

आगलागी हालसम्म नियन्त्रणमा लिन सकिएको छैन। आगलागी नियन्त्रणका लागि ब्राजिलले प्रयास जारी राखेको छ । ब्राजिलका राष्ट्रपति जेयर बोलसोनारोले अमेजनको जंगलमा लागेको आगो नियन्त्रणकालागि कोलम्बियासँग संयुक्त प्रयास थाल्ने जनाएका छन् ।

पृथ्वीको फोक्सोको उपमा पाएको अमेजन जंगलको अधिकांश भाग ब्राजिलमा पर्दछ । यो जंगल कोलम्बिया, पेरु, भेनेजुएला, इक्वेडर, बोलिभिया र अरु केही दक्षिण अमेरिकी मुलुकसम्म फैलिएको छ ।

यही जंगलबाटै संसारभरका जीवात्माका लागि २० प्रतिशत अक्सिजन उत्पादन हुने विश्वास गरिन्छ । विश्वको सबभन्दा ठूलो जैवीक विविधता तथा सबभन्दा ठूलो नदी रहेको यस जंगलका डरलाग्दा र अनौठा तथ्य यस्ता छन्-

विश्वको सबभन्दा ठूलो यो जंगलको अधिकांश क्षेत्रफल ब्राजिलको भूभागमा पर्छ । ७० लाख वर्ग किलोमिटर क्षेत्रफलमध्ये ६० प्रतिशत ब्राजिलको भूभागमा छ । यो दक्षिण अमेरिकाका ९ वटा देशमा फैलिएको छ ।

दक्षिण अमेरिकी मुलुक पेरुमा १३ प्रतिशत, कोलम्बियामा १० प्रतिशत र अरू बाँकी जंगल भेनेजुएला, इक्वेडोर, बोलिभिया, गुयना, सुरिनाम र फ्रेन्च गुयनाको भूभागमा पर्छ ।

अमेजन जंगलको क्षेत्रफल नेपालजस्ता करिब ४८ वटा देश बराबर हो । यसभित्र कोही प्रवेश गरेमा फर्किन लगभग असम्भव जस्तै मानिन्छ ।

साहारा मरुभूमिको अधिकांश धुलो ग्रहण गर्ने क्षमता यो जंगलले राख्छ । विश्वको सबभन्दा ठूलो साहारा मरुभूमिको ५६ प्रतिशत धुलो अमेजन जंगलले सोस्ने गरेको छ ।

जंगलले धुलोबाट बिरुवालाई आवश्यक पर्ने फस्फोरस ग्रहण गर्ने गरेको छ । नासाको उपग्रहले गरेको मापनअनुसार हरेक वर्ष १ सय ८२ टन धुलो २ हजार ६ सय किलोमिटर दूरी पार गरी अमेजनले साहाराबाट ग्रहण गर्ने गरेको छ । धुलोले एटलान्टिक सागरको माथि भएर उक्त दूरी पार गर्छ ।

यस जंगलभित्र एक अनौठो नदी छ । ‘बोइलिङ रिभर’ भनेर चिनिने उक्त नदीको तापक्रम ४९ देखि करिब ९४ डिग्री सेल्सियससम्म छ । यसको गहिराई १६ फिटसम्म छ ।

यस नदीभित्र कुनै पनि जीव जीवित रहन सक्दैन । कुनै जीव पानीभित्र खसेमा केही समयभित्रै त्यसको मृत्यु हुन्छ । साथै यसको किनारको बालुवा पनि अत्यन्तै तातो छ । त्यसैले त्यहाँ हिँड्न मुस्किल हुन्छ ।

यस नदीका बारे तथ्य प्राप्त नहुन्जेलसम्म यो एक मिथकका रूपमा कथा भनिन्थ्यो । भू–वैज्ञानिक आन्द्रेस रुजोले आफ्ना हजुरबुवाबाट यसबारे सुनेका थिए । तर जब उनी १२ वर्षका भए तब यो साँच्चिकै अस्तित्वमा छ भन्ने उनलाई लाग्यो ।

त्यसपछि उनले सानैमा सुनेको कथाका बारे अनुसन्धान गर्न लागिपरे र अन्ततः विशाल अमेजन जंगलभित्र रहेको तथ्य पत्ता लगाए ।

पानीको बहाबका हिसाबले संसारको सबभन्दा ठूलो अमेजन नदी पनि यहीँ पर्छ । यस नदीको बहाब करिब २ लाख ९ हजार घनमिटर प्रतिसेकेण्ड रहेको छ । यस नदीमा ३ हजारभन्दा बढी माछाका प्रजाति रहने वैज्ञानिकहरूको भनाइ छ । यो नदी पौडिएर पार गर्न करिब ६६ दिन लाग्ने बताइएको छ ।

सन् २००७ मा मार्टिन स्ट्रेल नाम गरेका एक व्यक्तिले पौडिएर नदी पार गरेका थिए । उनी हरेक दिन १० घण्टाका दरले पौडिएर ६६ दिनमा नदी पार गरेका थिए ।

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार  ८ : १६ बजे

लगातार तीन दिन सार्वजनिक बिदा : आज अस्पतालमा ओपिडी सेवा सञ्चालन

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज देशभरका सबै सरकारी

वैशाख शुक्ल पूर्णिमा : आज उभौली पर्व मनाइँदै

काठमाडौँ – प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई

बढी धुवाँ फाल्ने ३७ सवारीसाधन कारबाहीमा

काठमाडौँ – काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले बढी धुवाँ

अमेरिकी डलर १५२ नाघ्यो : शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ –  आज २०८३ साल वैशाख १८ गते शुक्रबार। वैशाख