उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणबाट जापान सतर्क « Khabarhub

उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणबाट जापान सतर्क


११ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उत्तर कोरियाले लगातार गरेका क्षेप्यास्त्र परीक्षणबाट जापान सतर्क हुन थालेको छ । जापानका रक्षामन्त्री ताकेशी इवायाले उत्तर कोरियाले जापानको ब्यालिस्टिक क्षेप्यास्त्र कवच भेदन गर्ने वारहेडहरू विकसित गरिरहेको पनि बताएका छन् ।

इवायाका अनुसार प्योङयाङका तफर्बबाट हालैका दिनमा गरिएका क्षेप्यास्त्र प्रक्षेपण छोटो दूरीका ब्यालिस्टिक मिसाइल भएको विश्वास गरिएको छ ।

क्षेप्यास्त्रहरू अनियमित मार्ग भएर समुद्रमा विसर्जन गरिएकोले जापान सतर्क भएको हो । तर अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले यी प्रक्षेपणहरू महत्त्वपूर्ण नभएको प्रतिक्रिया दिएका छन् ।

शनिवार मात्र उत्तर कोरियाले छोटो दूरीका दुई क्षेप्यास्त्रहरू प्रक्षेपण गरेको दक्षिण कोरियाली सेनाले पुष्टि गरेको छ । सउलले टोक्योसँग सैन्य सूचना आदानप्रदान सम्झौता अन्त्य गरेको बताएको भोलिपल्ट क्षेप्यास्त्र परीक्षण गरिएको हो ।

उत्तर कोरियाले तेर्स्याउने जोखिम बढ्दै जाँदा सउलले तर्कहीन निर्णय लिएको इवाया तथा अन्य जापानी अधिकारीहरूले बताए ।

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार  ९ : ३० बजे

इरानका सर्वोच्च नेताको मृत्युपछि पाकिस्तानमा हिंसा भड्किँदा सात जनाको मृत्यु

काठमाडौं- अमेरिका र इजरायली हवाई आक्रमणमा इरानका सर्वोच्च नेता आयतोल्लाह

खानेपानी अभावपछि गाउँ हुन थाल्यो खाली

पाँचथर– कुनै समय यहाँको तुम्बेवा गाउँपालिका–१ ढुकुरेमा बाक्लो बस्ती थियो ।

ओलम्पिक कमिटीले काठमाडौंमा ‘एसियन गेम्स फन रन’ आयोजना गर्ने

काठमाडौं– नेपाल ओलम्पिक कमिटीले फागुन ३० गते शनिबार काठमाडौंमा ‘एसियन

उम्मेदवारको चुनावी खर्च पारदर्शी नभएको निर्वाचन संयुक्त पर्यवेक्षण समितिको निष्कर्ष

काठमाडौं– प्रतिनिधिसभा निर्वाचन संयुक्त पर्यवेक्षण समितिले निर्वाचनमा उम्मेदवारहरूले खर्चमा पारदर्शिता

निर्वाचन शान्तिपूर्ण हुँदा निर्वाचन प्रहरी खुसी

चितवन– प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा खटिएका निर्वाचन प्रहरीको बिदाइ