पुल निर्माणस्थलमा एक्जाभेटरमा आगजनी, शंकास्पद बस्तु फेला परेपछि डिस्पोजल टोली जाँदै « Khabarhub

पुल निर्माणस्थलमा एक्जाभेटरमा आगजनी, शंकास्पद बस्तु फेला परेपछि डिस्पोजल टोली जाँदै


११ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर –भोजपुर नगरपालिका–१२ र रामप्रसाद राई गाउँपालिका–५ मानेभञ्याङ जोड्ने पक्की पुल निर्माणस्थलमा राखिएको एक्जाभेटरमा अज्ञात समूहले आगजनी गरेको छ ।

पुल निर्माणको जिम्मा लिएको मार्सेली निर्माण सेवाले निर्माणस्थलमा राखेको उक्त एक्जाभेटरमा पेट्रोल छर्केर आगजनी गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सोही स्थानमा शंकास्पद वस्तु पनि फेला पारेकाले निगरानी भइरहेको र नेपाली सेनाको विज्ञ टोली आएपछि त्यसलाई डिस्पोज गरिने प्रहरीले जनाएको छ ।

सो स्थानको पिखुला खोलामा प्रदेश सरकारको रु छ करोड ५३ लाखको लागतमा करीब एक हप्ता अगाडि पुल निर्माण शुरु गरिएको थियो । अज्ञात समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार  १२ : ३८ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको