रेल्वे स्टेशनमा गीत गाएर चर्चित बनेकी ती वृद्ध महिला, जसलाई सलमानले दिए ५५ लाखको घर « Khabarhub

रेल्वे स्टेशनमा गीत गाएर चर्चित बनेकी ती वृद्ध महिला, जसलाई सलमानले दिए ५५ लाखको घर


११ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

मुम्बई – भन्ने गरिन्छ नि, जब भाग्यले साथ दिन्छ, तब केही मिनेटमा नै कसैको दिन फर्किन सक्छ । भारतकी रानु मण्डललाई पनि त्यस्तै भएको छ । पूरै जिन्दगी रेल स्टेशनमा गरीबीमा गुजारेकी रानू मण्डलको जीवन यतिबेला फेरिएको छ ।

उनले भारतकी चर्चित गायिका लता मंगेश्करको एक गीत एक प्यारका नगमा है गाएकी थिइन् । यही गीतले उनको जीवनमा उज्यालो छाइदियो ।

रानूको उक्त गीतले दर्शकमा यस्तो जादु चलायो कि, सामाजिक सञ्जालमा उनको भिडियो ट्रेन्डिङमा आयो । उनलाई गायक हिमेशले गीत गाउने मौका दिए । अहिले खबर आएको छ कि, सलमान खानले ती बूढी महिलाको गीतबाट प्रभावित भएर आफ्नो आगामी फिल्म ‘दबंग ३’ मा मौका पनि दिने भएका छन् ।

त्यति मात्र होइन, सलमान खानले रानूलाई मुम्बईमा ५५ लाखको घर पनि गिफ्ट गरेका छन् । भारतीय मिडियामा यो खबर छाए पनि यसको आधिकारिक जानकारी भने आएको छैन ।

हिमेशले पनि रानूको गायनबाट प्रभावित भएर एउटा गीत गाएका थिए । हिमेशले रानूसँग गीत गाउँदै गरेको भिडियो सामाजिक सञ्जालमा शेयर गरेका थिए । उक्त भिडियो पनि सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

रानूले सन् १९७२ मा रिलिज भएको फिल्म ‘शोर’ को गीत ‘एक प्यारका नगमा है’ गाएकी थिइन् । उक्त गीत गाएपछि एकाएक भाइरल बनिन् । उनको तुलना लता मंगेशकरसँग हुन थाल्यो ।

यसअघि रानू सोनी टिभीको एक रियालिटी शोमा पनि विशेष अतिथि बनेर पुगेकी थिइन् । रानू मुस्कुराउँदै भन्छिन्, ‘म रेल्वे स्टेशनमा यसकारण गाउँथे कि, मसँग बस्नका लागि घर थिएन, गीत गाएरै मैले आफ्नो पेट पाल्थेँ, कसैले बिस्कुट दिन्थ्यो, कसैले पैसा ।’

अहिले भने उनको जीवन फेरिएको छ ।

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार  १२ : ५१ बजे

अर्जेन्टिनाको पुनरागमन, इङ्ग्ल्यान्डलाई हराउँदै लगातार दोस्रो विश्वकप फाइनलमा

काठमाडौं- साविक विजेता अर्जेन्टिनाले इङ्ग्ल्यान्डलाई २–१ ले पराजित गर्दै लगातार

विद्यालयमा आइतबार बिदा दिने निर्णय पुनः विचार गर्न आग्रह

काठमाडौं – सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले आइतबार विद्यालयमा

दुई थान चोरीको स्कुटरसहित एकजना पक्राउ

काठमाडौं – दुई थान चोरीको स्कुटरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको

सम्पत्ति छानबिन आयोगको काम अघि नबढाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सम्पत्ति छानबिन आयोगलाई कसैको पनि सम्पत्ति छानबिन नगर्न

गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै जटायु रेष्टुरेन्ट

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित नमूना मध्यवर्ती