संविधान दिवसको बिदा तास खेल्न, पिकनिक जान र वियर खान दिइएको होइन– सञ्चारमन्त्री बाँस्कोटा « Khabarhub

संविधान दिवसको बिदा तास खेल्न, पिकनिक जान र वियर खान दिइएको होइन– सञ्चारमन्त्री बाँस्कोटा


११ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले संविधान दिवस भव्यताका साथ मनाउनका लागि आ आफ्नो स्थानबाट योगदान दिन सबैलाई आग्रह गरेका छन् ।

संविधान दिवस मूल समारोह समिति अन्र्तगतको प्रचार प्रशार उपसिमितिले बुधबार संचार मन्त्रालयमा गरेको छलफल कार्यक्रममा मन्त्री बाँस्कोटाले सरकारले संविधान दिवस भव्यताका साथ मनाउनका लागि सार्वजनिक विदा दिएको भन्दै सबैको अर्थपुर्ण सहभागीताको अपेक्षा गरेको बताए ।

उनले संविधान दिवस अन्र्तगत गरिने कार्यक्रमहरुमा राष्ट्रसेवक कर्मचारी, सरकारी संघ संस्था, निजी क्षेत्रका संघ संस्था लगायत सबै बर्ग र क्षेत्रको अर्थपुर्ण सहभागीता हुनुपर्नेमा जोड दिए । मन्त्री बाँस्कोटाले भने“त्यो दिन तास खेल्नका निम्ति, पिकनिक खानका निम्ति, वियर खानका निम्ति, गलफ्रेण्ड लिएर हिँड्नका निम्ति, ब्वाईफ्रेण्डलाई भेट्न जानका निम्ति विदा दिएको होइन । फाइनल कुरा यही हो । सिधा सिधा । राष्ट्रिय दिवस नै मनाउन दिएको हो । ”

मन्त्री बाँस्कोटाले संविधान दिवसलाई कर्मकाण्डीभन्दा भिन्न रुपमा सबै बर्ग विशेषको सहभागीता हुने गरी हर्षाेल्लासपुर्ण रुपमा मनाउनका लागि श्रृजनात्मक कार्यक्रमहरुको नमूना सुझाउन पनि सरोकारवालाहरुलाई आग्रह गरे ।

संविधान दिवस मूल समारोह समिति अन्र्तगत संचारमन्त्री बाँस्कोटाको संयोजकत्वमा गठित प्रचार प्रशार उपसिमितिले बुधबार संचारक्षेत्रसंग सम्बन्धित सबै सरोकारवालाहरुसंग छलफल गरेको हो ।

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार  २ : २७ बजे

देशका विभिन्न ठाउँमा पहिरोले विभिन्न सडक अवरुद्ध

काठमाडौँ– वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै

गाडीको ठक्करबाट आमाछोरीको मृत्यु

रुकुम पश्चिम – सानीभेरी गाउँपालिका–८ एकान्तस्थित मध्यपहाडी लोकमार्गमा गाडीको ठक्करबाट

तारकेश्वरको जरङ्खुमा पहिरो, ५० घर प्रभावित (तस्बिरहरु)

काठमाडौँ– काठमाडौँको तारकेश्वर नगरपालिका–६ जरङ्खुस्थित अष्टमान टोलमा घर निर्माणका क्रममा

सरकारसँग १४ बुँदे सहमतिपछि घर फर्किए लघुवित्त ऋणी

काठमाडौँ – ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय बाहिर

नेपाल–भारत सीमा सुरक्षामा संयुक्त गस्ती र सूचना आदानप्रदान बढाइने

काठमाडौँ– नेपाल र भारतका चार जिल्लाका सुरक्षा अधिकारीले सीमा सुरक्षालाई