संविधान दिवसको बिदा तास खेल्न, पिकनिक जान र वियर खान दिइएको होइन– सञ्चारमन्त्री बाँस्कोटा | Khabarhub Khabarhub

संविधान दिवसको बिदा तास खेल्न, पिकनिक जान र वियर खान दिइएको होइन– सञ्चारमन्त्री बाँस्कोटा


११ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले संविधान दिवस भव्यताका साथ मनाउनका लागि आ आफ्नो स्थानबाट योगदान दिन सबैलाई आग्रह गरेका छन् ।

संविधान दिवस मूल समारोह समिति अन्र्तगतको प्रचार प्रशार उपसिमितिले बुधबार संचार मन्त्रालयमा गरेको छलफल कार्यक्रममा मन्त्री बाँस्कोटाले सरकारले संविधान दिवस भव्यताका साथ मनाउनका लागि सार्वजनिक विदा दिएको भन्दै सबैको अर्थपुर्ण सहभागीताको अपेक्षा गरेको बताए ।

उनले संविधान दिवस अन्र्तगत गरिने कार्यक्रमहरुमा राष्ट्रसेवक कर्मचारी, सरकारी संघ संस्था, निजी क्षेत्रका संघ संस्था लगायत सबै बर्ग र क्षेत्रको अर्थपुर्ण सहभागीता हुनुपर्नेमा जोड दिए । मन्त्री बाँस्कोटाले भने“त्यो दिन तास खेल्नका निम्ति, पिकनिक खानका निम्ति, वियर खानका निम्ति, गलफ्रेण्ड लिएर हिँड्नका निम्ति, ब्वाईफ्रेण्डलाई भेट्न जानका निम्ति विदा दिएको होइन । फाइनल कुरा यही हो । सिधा सिधा । राष्ट्रिय दिवस नै मनाउन दिएको हो । ”

मन्त्री बाँस्कोटाले संविधान दिवसलाई कर्मकाण्डीभन्दा भिन्न रुपमा सबै बर्ग विशेषको सहभागीता हुने गरी हर्षाेल्लासपुर्ण रुपमा मनाउनका लागि श्रृजनात्मक कार्यक्रमहरुको नमूना सुझाउन पनि सरोकारवालाहरुलाई आग्रह गरे ।

संविधान दिवस मूल समारोह समिति अन्र्तगत संचारमन्त्री बाँस्कोटाको संयोजकत्वमा गठित प्रचार प्रशार उपसिमितिले बुधबार संचारक्षेत्रसंग सम्बन्धित सबै सरोकारवालाहरुसंग छलफल गरेको हो ।

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार  २ : २७ बजे

स्थानीय प्रणालीले उपत्यकासहित विभिन्न जिल्लामा वर्षा

काठमाडौं– मनसुनी वायु कमजोर हुँदाहुँदै पनि आज काठमाडौँ उपत्यकासहित देशका

पुनर्निर्माण कोषबाट सहुलितपूर्ण कर्जाका लागि नौ अर्ब निकासा

काठमाडौं– नेपाल सरकारको पुनर्निर्माण कोषमा बचत रहेको एक खर्ब २१

मन्त्री घिसिङसँग अमेरिकी राजदूतको भेट

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवं

कर्णाली प्रदेश सुरक्षा समन्वय समितिको बैठक सम्पन्न

कर्णाली– प्रदेशको पछिल्लो शान्ति सुरक्षालगायत विषयलाई लिएर बसेको ‘कर्णाली प्रदेश