नेपाली युवा क्रिकेट टोलीले दोस्रो अभ्यास खेल बादुरेलियासँग खेल्ने | Khabarhub Khabarhub

नेपाली युवा क्रिकेट टोलीले दोस्रो अभ्यास खेल बादुरेलियासँग खेल्ने


११ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एसीसी यु–१९ एसिया कप क्रिकेटका लागि श्रीलंकामा अभ्यासरत नेपाली युवा टोलीले बिहीबार (भोलि) दोस्रो अभ्यास खेल खेल्ने भएको छ ।
नेपाली युवा टोलीले श्रीलंकाको फस्ट क्लास क्रिकेट क्लब बादुरेलियासँग दोस्रो खेल खेल्ने निश्चित भएको छ ।

मंगलबार पहिलो अभ्यास खेल खेलेको नेपाली टोली ३ विकेटले पराजित भएको थियो । श्रीलंकाको फस्ट क्लास क्रिकेट क्लब सिङहलेस क्रिकेट क्लब (एसएससी) को यु–२३ टिमसँग पहिलो अभ्यास खेलमा पराजित भएको हो ।

यस्तै, नेपालले तेस्रो तथा अन्तिम अभ्यास खेलमा चिल मारियन्ससँग खेल्नेछ ।

एसीसी यु–१९ एसिया कप क्रिकेट भदौ १९ देखि २८ गतेबाट हुँदैछ । प्रतियोगिताको आफ्नो पहिलो खेल आयोजक टोली श्रीलंकासँग भदौ २० गते खेल्दै एसिया कपको सुरुवात गर्नेछ ।

यस्तै दोस्रो खेल भदौ २२ गते बंगलादेश र अन्तिम खेल भदौ २४ गते युनाइटेड अरब इमिरेट्स (युएई) सँग खेल्नेछ । नेपाली युवा टोली भदौ ७ गते श्रीलंका पुगेको थियो ।

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार  २ : ५७ बजे

माधव नेपाल भन्छन् : वैज्ञानिक समाजवादलाई जनताको जीवन पद्धतिमा उतार्नुपर्छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले

किशोरीमाथि करणी प्रयासको अभियोगमा दुई पक्राउ

झापा – यहाँस्थित कचनकवल गाउँपालिका–७ मा १७ वर्षीया किशोरीलाई ललाइफकाइ

माइती र चेलीलाई ममताले जोडोस्, संस्कृतिको सुगन्धले जीवन भरिओस् : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले तीजको अवसरमा दर खाने

अनमोल, आँचल र जसीता स्टारर ‘जेरी अन टप’टिजर रिलिज

काठमाडौं – असोज ३१ गतेबाट प्रदर्शनमा आउने वर्ष २०८२ को

स्थानीय तह स्वमूल्यांकन : काभ्रेमा नमोबुद्ध उत्कृष्ट

काभ्रे – स्थानीय तह संस्थागत क्षमता स्वमूल्याकंन (लिजा) मा जिल्लाका