भक्तपुर क्यान्सर अस्पताल विवाद– सर्वोच्चले दुबै पक्षलाई बोलायो « Khabarhub

भक्तपुर क्यान्सर अस्पताल विवाद– सर्वोच्चले दुबै पक्षलाई बोलायो


११ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालतले भक्तपुर क्यान्सर अस्पतालमा नयाँ व्यवस्थापन समिति गठन गर्नुको कारण १५ दिन भित्र लिखित रुपमा पेस गर्न भक्तपुर नगरपालिकाका नाममा आदेश जारी गरेको छ ।

भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले भक्तपुर क्यान्सर अस्पतालमा आफ्नै अध्यक्षतामा नयाँ व्यवस्थापन समिति गठन गरेपछि विवाद उत्पन्न भएको थियो ।

नेपाल अर्वुद रोग निवारण संस्थाद्धारा संचालित भक्तपुर क्यान्सर अस्पतालमा पुरानो व्यवस्थापन समितिले अनियमितता गरेको भन्दै नगर प्रमुख प्रजापतिले नयाँ व्यवस्थापन समिति गठन गरेका थिए ।

नगरप्रमूख प्रजापतिले गैर कानुनी रुपमा अस्पताल व्यवस्थापन समिति गठन गरेको भन्दै पूर्व व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठले सर्वोच्वमा मुद्दा दर्ता गरेका थिए ।

श्रेष्ठको रिट निवेदनमा मंगलबार न्यायाधीश तेह बहादुर केसीको एकल इजलासले पुरानो व्यवस्थापन समिति र नयाँ व्यवस्थापन समितिलाई छलफलका लागि बोलाएको छ ।

सर्वोच्चले भक्तपुर क्यान्सर अस्पतालमा नयाँ व्यवस्थापन समिति गठन गर्नुको कारण सहित १५ दिन भित्र लिखित जवाफ पेस गर्न भक्तपुर नगरपालिकालाई भनेको छ ।

सर्वोच्चले नयाँ व्यवस्थापन समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका मेयर प्रजापतिलाई भदौ १६ गते उपस्थित हुन सुचना समेत जारी गरेको छ ।

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार  ४ : १४ बजे

सर्लाहीमा अत्यधिक गर्मीले सर्पको बिगबिगी

सर्लाही– सर्लाहीमा अत्यधिक गर्मी बढेपछि सर्पको बिगबिगी भएको छ ।

बेलायतको क्याम्ब्रिजमा नेपाली काव्य यात्रा सम्पन्न

लन्डन– बेलायतको क्याम्ब्रिज सहरमा नेपाली काव्य यात्रा सम्पन्न भएको छ

ट्राफिक कारबाहीमा एकैदिन पाँच लाख बढी राजस्व असुली

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन एक हजार ८१३ सवारीचालकलाई सवारी

जोखिममा परेका बालबालिकालाई सहयोग

कालीकोट– कालीकोटको तिलागुफा नगरपालिकाले जोखिममा परेका बालबालिकालाई खाद्यान्न तथा शैक्षिक

चितवनमा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु

चितवन– चितवनको भरतपुर महानगरपालिका–२३ बेलहट्टामा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु भएको